प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन सँखुवासभा, ओखलढुँगा, झापा र पाँचथर विजयी । 

म्याङलुङमा भैरहेको  प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन

तेह्रथुम म्याङलुङ  ४ असार 

म्याङलुङमा भैरहेको  प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन आज सँखुवासभा, ओखलढुँगा, झापा र पाँचथर विजयी भएका छन् ।  आज विहान भएको पहिलो खेलमा सँखुवासभाले खोटाङलाई १ का विरुद्ध ४ गोल गरेको छ । आजै भएको दोस्रो खेलमा झापाले ताप्लेजुङलाई २ का विरुद्ध ३ गोल गरेको छ ।

तेस्रो खेलमा पाँचथरले उदयपुरलाई शुन्यका विरुद्ध ३ गोल गरेको छ । त्यसैगरी ओखलढुँगा र तेह्रथुम बिच भएको प्रतिस्पर्धामा कुनै गोल नभएपछि ट्राईबेकरमा ओखलढुँगाले तेह्रथुमलाई ४ का विरुद्ध ५ गोल गरेको छ ।
हिजो धनकुटा र तेह्रथुम बिचको बाकि रहेको खेलको प्रतिस्पर्धा आज विहान गरिएको थियो । आज विहान भएको २५ मिनेटको प्रतिस्पर्धामा तेह्रथुमले धनकुटालाई   ट्राइबेकरमा  ४ का विरुद्ध ५ गोल गरेको थियो । आजको अन्तिम खेलमा भने तेह्रथुम ओखलढुँगा सँग पराजित भएको छ । 


त्यसैगरी हिजोको   बाँकी  रहेको आज सम्पन्न खेलको म्यान अफ दि म्याच तेह्रथुमका  जर्सी नंवर १० सेसेहाङ लिम्बू भएका छन् । दोस्रो खेलका म्यान अफ दि म्याच भने सँखुवासभाका जर्सी नंवर ७ जीवन मगर भएका छन् । त्यस्तै तेस्रो खेलका म्यान अफ दि म्याच झापाका  जर्सी नंवर १० विकास राई ,

खेल अर्थात आजको अन्तिम खेलका म्यान अफ दि म्याच ओखलढुँगाका गोलकिपर प्रज्वल श्रेष्ठ भएका छन् । प्रतियोगिताको प्रत्येक खेलमा १ जनालाई उत्कृष्ट खेलाडि अर्थात म्यान अफ दि म्याच छनोट गरि नगद रु ५ हजार ५ सय ५५ र ट्रफी पुरस्कृत गरिएको छ । 

आजको खेलका उत्कृष्ट खेलाडिहरुलाई म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताउनुभयो । भोलीको खेल दिउँसो १ बजे संखुवासभा र मोरङ बिच हुने खेल सँयोजक प्रविन मोतेले जानकारी दिनुभयो ।

पराजित सम्पुर्ण टिमलाई विदा गरि आ आफ्नो जिल्ला फर्कि सकिएको  जिल्ला खेलकुद विकास समिति तेह्रथुमका सचिव श्यामहरी भट्टराईले बताउनुभयो । खेल म्याङलुङ २ स्थित खेल मैदानमा भैरहेको छ । 

प्रतिकृया दिनुहोस