कोशी प्रदेशस्तरिय फुटबल प्रतियोगिता ,मोरङ र ओखलढुँगाबीच अन्तिम प्रतिस्पर्धा 

पत्रकार सम्मेलनमा


तेह्रथुम, ७ असार
   म्याङलुङमा जारी कोशी प्रदेश पुरुष फुटबल प्रतियोगिताको फाइनल खेलमा ओखलढुँगा र मोरङ पुगेको छ । सो प्रतियोगिताको अन्तिम खेल भोलि हुने भएको छ । 
     कोशी प्रदेशका अन्य १२ जिल्लालाई पछि पार्दे मोरङ र ओखलढुँगा फाइनलमा प्रवेश गरेको हो   । 
       जिल्ला खेलकुद विकास समिति तेह्रथुमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा  ओखलढुँगाका फुटबल प्रशिक्षक सुमन गुरुङले आफ्नो टिम बिजयी हुने विश्वास व्यक्त्त गर्नुभयो । 
      ‘ कुनै पनि क्लबमा आवद्ध नभइ गाँउमै खेलेको हाम्रो टिम प्रदेश स्तरको प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ , हामी गाँउमै यस्तै खेल मैदानमा खेल्दै हिडेको हाम्रो खेलाडीलाई खेलमैदानले पनि कुनै असर गर्देन, जित्ने कुरामा हामी ढुक्क छौँ ।’
      ओखलढुँगा र झापा बीच भएको सेमिफाइनल खेलमा एक÷एक गोलको बराबरी भएपछि ओखलढुँगाले झापालाई ट्राइबेकरमा शुन्यका विरुद्ध तीन गोल गर्दे फाइनलमा प्रवेश गरेको हो ।  
    सबै पहाडी जिल्लामा खेलमैदानको समस्या नै रहेको बताउँदै सरकारले भ्यू टावर बनाउनुको साटो पहाडका जिल्लाहरुमा खेलमैदानको निर्माण गरिदिए खेल क्षेत्रमा सहयोग पुग्ने प्रशिक्षक गुरुङको भनाइ छ । 
      ओखलढुँगाका गोलकिपर चन्द्र शुन्दर श्रेष्ठ हिजोको सेमिफाइनल खेलमा म्यान अफ दि म्याच घोषित हुनु भएको थियो । 
       त्यसैगरी, मोरङ जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक प्रकाश मल्लले भोलि हुने अन्तिम प्रतियोगितमा सफलता हासिल गर्न अत्यन्त मेहनत र अनशासित भएर खेल्ने भन्दै जीत सुनिश्चित छ भत्रुभयो ।
     प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना , जिल्ला खेलकुद विकास समिति तेह्रथुमको संयोजन र कोशी प्रदेश फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।
    बोर्डले रु २० लाख र खेलाडीहरुका लागि आवास, खाजाको लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताउनुभयो । 
    प्रतियोगिताको प्रथम पुरस्कार नगद रु तीन लाख ३३ हजार , दोस्रो पुरस्कार रु दुई लाख २२ हजार ट्रफी ,मेडल र प्रमाणपत्र  रहेको छ ।
 वविता राई —९७६२२१७६६८


 

प्रतिकृया दिनुहोस