श्रम संस्कृति पार्टी तेह्रथुमद्वारा पत्रकार सम्मेलन, जिल्ला कमिटीको नामावली सार्वजनिक
तेह्रथुम, म्याङ्लुङ — श्रम संस्कृति पार्टी तेह्रथुमले आज म्याङ्लुङ बजारमा पत्रकार सम्मेलन गर्दै नयाँ जिल्ला कमिटीको नामावली औपचारिक रूपमा सार्वजनिक गरेको छ। सो अवसरमा पार्टीले हालसालै सम्पन्न आमसभामा सहभागी सबैलाई आभार व्यक्त गरेको छ।
पत्रकार सम्मेलनमा जिल्ला कमिटीका सचिव टेक राज कुरुम्बाङले नेतृत्व चयन सम्बन्धी विवरण सार्वजनिक गर्दै नयाँ समिति सर्वसम्मतिको आधारमा गठन भएको जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्ला संयोजकमा सुविन्द्र थेगुवा चयन भएका छन्। त्यसैगरी सह–संयोजकमा प्रमिला बर्देवा र छबिलाल पयाङ्गु चयन गरिएको छ।
यस्तै सह–सचिवमा श्री बहादुर लिम्बु चयन भएका छन् भने कोषाध्यक्षमा रुक्सना राई र सह–कोषाध्यक्षमा सलिना ईङनाम चयन हुनु भएको सचिव कुरुम्बाङले जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा नयाँ कमिटीले जिल्लामा संगठन विस्तार, श्रम र उत्पादनमुखी राजनीतिको प्रवर्द्धन तथा पार्टीको आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो।






प्रतिकृया दिनुहोस