तेह्रथुमबाट एमाले महाधिवेशनका लागि ८ प्रतिनिधि चयन, नामावली सार्वजनिक
नेकपा एमालेकाे ११ ओै राष्ट्रिय महाधिबेसनका लागि तेह्थुम जिल्लाबाट ८ जनाकाे नाम प्रकाशन गरिएकाे छ।
प्रमुख निर्बाचन अधिकृत रहेकाे निर्बाचन कमिटिले टास गरेकाे नामावलीमा खुल्ला सदस्यमा तेजमान कन्दङवा, बाबुराम थापा, यादब बहादुर खापुङ, लक्षुमन तिवारी , संजय कुमार तुम्बाहाङफेकाे नाम सार्बजनिक गरिएकाे छ ।
यस्तै महिलामा छबिमाया तिम्सिना र तारा खरेलकाे नाम प्रकासन गरिएकाे छ। यस्तै युवामा १ जना काेटामा सन्ताेष तिगेलाकाे नाम प्रकासन गरिएकाे छ । यस्तै दलित काेटामा कमला दर्नालकाे नाम सार्बजनिक गरिएकाे छ ।
तेह्रथुम जिल्लाबाट प्रतिनिधि चयनका लागि ८ जना काेटाका लागि २३ जनाकाे उमेरद्वारी परेकाे थियाे।
खुल्ला सदस्य , महिला , युवा र दलितकाेटामा सहमतिकाे आधारमा सबैले मनाेनयन फिर्ता गरे पनि खुल्ला सदस्यमा अर्जुन ढुंगानाले भने मनाेनयन फिर्ता नलिने अडान कसे पनि नेतृत्वले सर्बसम्मत गर्ने भन्दै नाम टास गरेकाे प्रमुख निर्बाचन अधिकृत दिल बहादुर ईस्पाेले जानकारी दिनु भयाे ।






प्रतिकृया दिनुहोस