कोशी प्रदेश फुलबल प्रतियोगिताको उपाधि मोरङलाई । 

बिजेता टोली


तेह्रथुम,८ असार । 
     कोशी प्रदेश पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।  तेह्रथुमको म्याङलुङमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा ओखलढँुगालाई शुन्यको विरुद्ध २ गोल गर्दे  मोरङ बिजेता बनेको हो । 
        बिजेता बनेसँगै मोरङले प्रतियोगिताको प्रथम पुरस्कार नगद रु तीन लाख ३३ हजार ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको ओखलढुँगाले दोस्रो पुरस्कार रु दुई लाख २२ हजार ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 
    म्याङलुङ खेलमैदानमा असार ३ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका अन्य १२ जिल्लालाई पछि पार्दे ओखलढुँगा र मोरङ फाइनलमा प्रवेश गरेका थिए ।
     मोरङ जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक प्रकाश मल्लले खेलमैदानमा भएको असजिलोका वावजुत खेल जित्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । 
     प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना , जिल्ला खेलकुद विकास समिति तेह्रथुमको संयोजन र कोशी प्रदेश फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।     
    बोर्डले रु २० लाख र खेलाडीहरुका लागि आवास, खाजाको लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताउनुभयो । 
वविता राई —९७६२२१७६६८

 

प्रतिकृया दिनुहोस