तेह्रथुमको म्याङलुङमा प्रदेशस्तरिय पुरुष नकआउट फुटबल प्रतियोगिता सुरु

कोशी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता म्याङलुङमा सुरु ।

तेह्रथुम, म्याङलुङ 
 

      तेह्रथुम, ३ असार ः तेह्रथुमको म्याङलुङमा प्रदेशस्तरिय पुरुष नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । 
  असार ३ गतेदेखि सुरु भएको प्रतियोगिता असार ८ गतेसम्म सञ्चालन हुनेछ ।  प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको  रु २० लाख र म्याङलुङ नगरपालिकाको रु १० लाख बजेटमा प्रतियोगिता सञ्चालन भैरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताउनुभयो ।
   प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको  आयोजना, जिल्ला खेलकुद विकास समिति तेह्रथुमको संयोजन र कोशी प्रदेश फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भैरहेको हो  । 
 कोशी प्रदेश सामाजीक विकास मन्त्री पाँचकर्ण राईले खेलको उद्घाटन् गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले राष्ट्र र राष्ट्रियताको झण्डा बोकेर अन्तराष्ट्रिय                     जगतमा चिनाउने खेल क्षेत्र भएको र उक्त  नेपाली खेल क्षेत्र भने विद्यार्थीहरुले धानीरहेको अवस्थामा खेलाडि र खेल क्षेत्रको विकासका लागि कोशी प्रदेश सामाजिक विकास मन्त्रालय सक्दो लागि पर्ने बताउनुभयो । 
   त्यसैगरी मन्त्रालयले  प्रदेश भरीका विभिन्न खेल जगतका खेलाडिहरुले राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी सम्मान गर्ने समेत बताउनुभयो ।  
     तेह्रथुमको म्याङलुङमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता भएर खुसी भैरहदा छिमेकी जिल्ला ताप्लेजुङमा पहिरोले ज्यान गुमाएकाहरु लाइ सम्झदै श्रद्धाञ्जली समेत मन्त्री राईले अर्पण गर्नुभएको छ । 
   उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेश खेलकुद विकाश वोर्डका सदस्य सचिव कृण्ण बस्नेत पर्शुरामले खेलकुद क्षेत्रको विकाशको लागि बोर्डले यस वर्ष मात्र यस्ता १५ वटा विभिन्न खेलका प्रतियोगिता गर्ने कार्यक्रम रहेको बताउनुभयो । 
    ‘बोर्डले आयोजना गरेका यस्ता ग्रास रुटदेखि  प्रदेश र राष्ट्रिय स्तरका खेलहरुले खेलकुद क्षेत्रलाई सकारात्मकता प्रदान गरेको छ’ । 
     प्रमुख जिल्ला अधिकारी मिना अर्यालले सानो जिल्ला तेह्रथुम त्यो पनि जिल्लाबाट बसाई हिड्नेका कारण चहल पहल कम भैैरहेको अवस्थामा यसरी जिल्लामै पहिलो पल्ट प्रदेश स्तरिय खेल प्रतियोगिता गर्न पाउनु गर्भको कुरा रहेको बताउनुभयो । ‘ गुँरास र ढाकाको  राजधानी तेह्रथुमलाइ यो इभेन्टले थप गर्भान्वीत महसुस गराएको छ ’। 
   कोसी प्रदेशका १४ जिल्लाका १४ टिमको प्रतिश्पर्धा रहने खेलको विजेताको प्रथम पुरस्कार नगद रु तीन लाख तेत्तिस हजार, दोस्रो पुरस्कार दुई लाख बाइस हजार र तेस्रो पुरस्कार एक् लाख ११ हजार रहेको छ ।  विभिन्न विधागत पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र रहेको खेलकुद विकास समिति तेह्रथुमका सचिव तथा कार्यालय प्रमुख श्यामहरी भट्टराईको भनाई छ । 
   ६ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा सोरुङ क्लब खादबारी संखुवासभा, लाईबेरी फुटबल क्लब भोजपुर, पाँचथर युनाईटेड क्लब पाँचथर, बुईपा ११ खोटाङ,गाईघाट फुटबल क्लब उदयपुर,ओखलढुँगा खेलकुद विकास समिति , धरान फुटबल क्लब सुनसरी ।  
  त्यसैगरी रेडर्स  फुटबल क्लब इलाम, सोलुखुम्बु खेलकुद विकास समिति, देउराली युवा क्लब धनकुटा, मोरङ जिल्ला लिग च्याम्पीयन क्लब,प्रगतिशिल युवा क्लव ताप्लेजुङ,चारआली युवा क्लब झापा, खेलकुद विकास समिति तेह्रथुम सहभागि हुनेछन् । 
    गोल्डकपकोे पहिलो खेलमा आज इलामलाइ उदयपुरले हराएको छ । त्यसैगरी आजै भएको दोस्रो खेलमा पाँचथरले भोजपुरलाई पराजित गरेको छ । 
 

प्रतिकृया दिनुहोस