म्याङलुङ–५ मा खलाबजारको अवशरमा फुटबल प्रतियोगिता हुदै ।।
रेडियो मेन्छ्यायेम,तेह्रथुम ।
म्याङलुङ नगरपालिका–५ मा आगामी चैत २१ गतेदेखी खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । ऐतिहासिक खला बजारको अवशरमा आफ्नो स्वर्गिय बाजेबोजुको सम्झनामा फुटबल प्रतियोगिता संचालन गर्न लागिएको आयोजक नव जागरुक युवा क्ल्वका अध्यक्ष तथा म्याङलुङ–५ का वडाध्यक्ष राजकुमार सेनेहाङले जानकारी दिनुभयो । उहाँका अनुसार स्वर्गिय बाजे बुद्धराज र बोजु सयकीको स्मृतीमा प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगिताको प्रथमले नगद ५१ ह्जारको साथमा कप,मेडल र प्रमाण पत्र पाउने छन् त्यसैगरि द्धितियले नगद ३१ हजार कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद आयोजक नव जागरुक युवा क्लवले जनाएको छ । खेलको उत्कृष्ट खेलाडी,उत्कृष्ठ डिफेन्डर,सर्वाभिक गोलकर्ता र उत्कृष्ठ किपरलाई समेत पुरस्कार प्रदान गरिने खेल संयोजक प्रबिण राईले जानकारी दिनुभयो । ऐतिहासिक रुपमा पिंगुवाको खोलाको बगरमा लाग्ने खलाबजार करिब २० बर्ष अगाडी सम्म विस्मुरे,६० मुरे हुदै धुर्पुजे डाडासम्म लाग्ने गरेको र पछिल्ल्लो समय तत्कालिन ससस्त्र द्धन्दका कारण लाग्न छाडेको खला बजारको अवशरमा दिवंगत बाजेबोजुको नाममा यसबर्ष देखी नवनिर्मित वडा खेल मैदानमा फुटबल प्रतियोगिता सुरु गर्न लागिएको हो ।
वडा कार्यलयले निर्माण गरेको वडा खेल मैदानको पनि चैत २१ गते नै औपचारिक उद्ध्घाटन गरिने भएको छ । आर्थिक बर्ष २०७९/८० को बजेट द्धारा निर्माण गरिएको खेलमैदानको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी २१ गते उद्ध्घाटनको कार्यक्रम तयारी रहेको वडाध्यक्ष सेनेहाङले जानकारी दिनुभयो ।








प्रतिकृया दिनुहोस