मेन्छ्यायेम गाउँपालिकामा अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर जारी, आज १५ जना लाभान्भित
मेन्छ्यायेम गाउँपालिका स्थित अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ परिक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविरमा आज १५ जनाले सेवा लिएका छन् । गत मंसिर १३ गतेदेखि सञ्चालनरत शिविर आज वडा नंवर २ मा सञ्चालन भएको हो । शिविरमा २ जनालाई नयाँ अपाङ्गता परिचयपत्र र २ जनाको परिचयपत्र नविकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संगम पौडेलले बताउनुभयो ।
परिचयपत्र वडा नंवर २ का वडाअध्यक्ष रामबहादुर लिम्बु सहितको गाउँपालिकाको टोलीले पौठाक स्वास्थ्य चौकीमा आज भएको शिविरमा वितरण गर्नू भएको हो । शिविरमा २ महिला र १३ पुरूषसहित १५ जनाकै स्वास्थ परिक्षण गरिएको छ भने ८ जनाको अपाङ्ता परिचयपत्र आवश्यकता पहिचान भएको छ ।
मेन्छयायेम गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेसन नेपालको त्रिपक्षीय सम्झौतामा सञ्चालन भइरहेको शिविर भोली सम्म सञ्चालन हुने मेन्छ्यायेम गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । भोली शिविरको अन्तिम दिन ३ नंवर वडा कार्यालयमा शिविर सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।





प्रतिकृया दिनुहोस