तेह्रथुमको चित्रेमा २ वर्षदेखि चिज फ्याक्ट्रि सञ्चालनमा, दैनिक १ सय ५० केजी जिल्ला बाहिर निर्यात हुँदै ।

मेन्छ्यायेम गाउँपालिका स्थित अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ परिक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविरमा आज १५ जनाले सेवा लिएका छन् । गत मंसिर १३ गतेदेखि सञ्चालनरत शिविर आज वडा नंवर २ मा सञ्चालन भएको हो ।

शिविरमा २ जनालाई नयाँ अपाङ्गता परिचयपत्र र २ जनाको परिचयपत्र नविकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संगम पौडेलले बताउनुभयो । परिचयपत्र वडा नंवर २ का वडाअध्यक्ष रामबहादुर लिम्बु सहितको गाउँपालिकाको टोलीले पौठाक स्वास्थ्य चौकीमा आज भएको शिविरमा वितरण गर्नू भएको हो । शिविरमा २ महिला र १३ पुरूषसहित १५ जनाकै स्वास्थ परिक्षण गरिएको  छ भने ८ जनाको अपाङ्ता परिचयपत्र आवश्यकता पहिचान भएको  छ ।

मेन्छयायेम गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेसन नेपालको त्रिपक्षीय सम्झौतामा सञ्चालन भइरहेको शिविर भोली सम्म सञ्चालन हुने मेन्छ्यायेम गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख  छ । भोली शिविरको अन्तिम दिन ३ नंवर वडा कार्यालयमा शिविर सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।  

प्रतिकृया दिनुहोस