जिल्ला अस्पताल तेह्रथुममा ज्वरोका बिरामीको संख्या बढे

२०८१, भदौ ३० तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुममा ज्वरोका बिरामीको संख्या बढेका छन् । दैनिक १५, २० जना ज्वरोका विरामी अस्पतालको ओपिडिमा उपचारको लागि आउने गरेको जिल्ला अस्पताल तेह्रथुमका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर खड्क पयाङ्गुले बताउनुभयो । उहाका अनुसार ओपिडिमा आएका मध्ये दैनिक ७, ८ जना ज्वरोका बिरामीलाई एमरजेन्सीमा राखेर उपचार गरिने गरिएको  छ ।

गएको बैसाखयता तेह्रथुममा ५५ जनामा डेङ्गी  सङ्रक्रमण पुष्टी भएको छ । मौसम परिवर्तनका कारण अहिले जिल्ला अस्पताल तेह्रथुममा ज्वरोको बिरामीको संख्या बढेपनि डेङ्गी सङ्क्रमीत भने कम रहेको अस्पताल स्रोतले जनाएको छ । यो समयमा फोहोर पानीका कारण सङ्क्रमण हुने भएकाले पानी उमालेर मात्र पिउन , प्रसस्त मात्रामा झोलिलो खानेकुरा खान र झुलको प्रयोग गर्न सबैमा डाक्टर पयाङ्गुले आग्रह गर्नुभएको छ । 
 

प्रतिकृया दिनुहोस