म्याङलुङमा विविध कार्यक्रमका साथ ६० औ राष्ट्रिय बालदिवस सम्पन्न

सिंहवाहिनी माविको प्राङ्गणमा बालदिवस कार्यक्रमको एक झलक

तेह्रथुम, भदौ २० 

नेपाल वाल संगठन जिल्ला कार्य समिति तेह्रथुमले म्याङलुङ नगरपालिकाको सहकार्यमा राष्ट्रिय बाल दिवश २०८१ हाजिरिजवाफ वक्तृत्वकला र साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गर्दे मनाएको छ । सिंहवाहिनी माविको प्राङ्गणमा  ६० औ बालदिवस विशेष कार्यक्रममा आज आयोजित नृत्य प्रतियोगितामा अन्नपुर्ण बोर्डिङ प्रथम भएको छ । कालिका मावि दोस्रो भएको छ भने तेह्रथुम एकेडेमी तेस्रो भएको छ त्यसैगरी सरस्वती आवि सुर्के तेस्रो भएको छ । त्यसैगरी आजै भएको वक्तृत्वकला प्रतियोगितामा मनिस खत्री प्रथम भएका छन् । श्रेवा मगर दोस्रो , मन्दिप भट्टराई तेस्रो र रिस्ता नेपाली सान्त्वना भएका छन् ।

हाजिरिजवाफ प्रतियोगितामा भने दिपज्योति बोर्डिङ प्रथम, सिंहवाहिनी मावि दोस्रो र कालिका मावि तेस्रो भएको छ । बालबालिकामा लगानी ,सुनिश्चित भविष्यको लगानी भन्ने मुल नाराका साथ आयोजित सिंहवाहिनी माविमा सम्पन्न बालदिवस कार्यक्रम जिल्ला अदालत तेह्रथुमका न्यायाधिस भिम बहादुर निरौलाको प्रमुख आतिथ्यता , शिक्षा समन्वय इकाई तेह्रथुमका प्रमुख देवि प्रशाद सुवेदी, म्याङलुङ नगरउपप्रमुख जमुना कार्की सुवेदीको  विशेष आतिथ्यता र नेपाल वाल संगठन जिल्ला कार्यसमिति तेह्रथुमका सभापति अर्जुन ढुँगानाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बू,  सिंहवाहिनी माविका पूर्व प्रधानाध्यापक लिला बहादुर तुम्बाहाङ्फे लगायत शिक्षक विद्यार्थीहरुले सहभागिता जनाएका छन्  ।  त्यसैगरी म्याङलुङ ६ जिरिखिम्ती स्थित एभरग्रीन बोर्डिङ स्कुलले २०८० को एसइइमा ए प्लसमा उतिर्ण तीन जना आफ्ना  विद्यार्थीहरुलाई नगद रु १० हजार सहित सम्मान पत्रले सम्मान गर्दे बालदिवस मनाएको छ । सम्मानित  हुनेहरुमा जिल्लामै एसइइको नतिजामा छात्रा मध्येमा प्रथम कन्चन निरौला सहित मनिका सुवेदी, र प्रतिक भट्टराई रहेका छन्  ।

वडा अध्यक्ष मिन प्रशाद लिम्बुको प्रमुख आतिथ्यतामा विभिन्न नाचगान तथा प्रतियोगिताको आयोजना गर्दे वालदिवस मनाएको विद्यालयका शिक्षक कमल लिम्बुले बताउनुभयो । सम्मान कार्यक्रम विद्यालयका ्प्रिन्सीपल प्रेम खड्काको अध्यक्षतामा सम्पन्न भएको छ । विद्यार्थिहरुले बाल चेतना सहितको  नारा सहित जिरिखिम्ती बजार परिक्रमा गरेका छन् । 
 

प्रतिकृया दिनुहोस