तेह्रथुमको आठराईमा विदेशी लगानीमा आपतकालिन सेवा केन्द्र बन्दै ।।

आपतकालिन सेवा केन्द्रको स्केच

 रेडियो मेन्छ्यायेम,तेह्रथुम
तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा मुख्यमन्त्री अत्यावश्यक केन्द्र, निर्माण हुने भएको छ । उक्त केन्द्र प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईका पहलमा निमार्ण हुने भएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा आठराई गाउँपालिका र फेदाप गाउँपालिका साझेदारीमा निमार्ण हुने भएको हो ।

आठराई र फेदाप गाउँपालिका भित्रमा हुने आगलागी,दैविक प्रकोप,बाढी पहिरो, दुर्घटनालाई तत्काल उद्धार गर्ने उदेश्यका साथ केन्द्र निमार्णको तयारी थालिएको हो । आठराई गाउँपालिकाको पुराना गाउँ नजिकै करिब १५ रोपनीको क्षेत्रफलमा केन्द्र बन्ने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनु भयो । केन्द्रमा फायर ब्रिगेड सहित दमकलहरु,स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स, शवबाहन,आपतकालिन उद्धारका सामाग्रीको साथमा प्रहरी युनिट रहने गरी केन्द्र निमार्ण हुने् भएको गाउँपालिका उपाध्यक्ष बलिराज इङनामले बताउनु भयो ।

केन्द्र करिब ८ करोड लागत अनुमानमा निमार्ण हुने तयारी गाउँपालिकाले जनाएको छ । बिहीबार केन्द्र निमार्ण हुने स्थल फेदाप गाउँपालिका अध्यक्ष केशव भेटुवाल,आठराई गाउँपालिका अध्यक्ष पाहिम उपाध्यक्ष इङनामका लगायत टोलीले अध्यायन गर्नु भएको छ । जिल्लाका आठराई र फेदापका साथै छिमेकी जिल्लाका नागरिकहरुले सेवा पाउने भएको छ । केन्द्र यही २०८० साल बैशाकको पहिलो साता प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईले शिलान्यास गर्ने तयारी भएको छ ।  

प्रतिकृया दिनुहोस