सुत्केरी र गर्भवती महिलालाई पौस्टीक आहार तथा राहत बितरण
तेह्रथुम चैत्र २३÷ म्याङलुङ नगरपालिकाका उपमयर पार्बती शानुडागीले नगरभित्रका सुत्केरी र गर्भवति महिलालाई पौस्टीक आहार तथा राहत बितरण सुरु गरेको छ । गरिब लक्षित उपमेयर कार्यक्रम मार्फत सुत्केरी महिला नवजात शिसु पोषण तथा गर्भवति स्वास्थ्यजाच सचेतना तथा राहत बितरण कार्यक्रमबाट उपमेयर सहतिको टोली घरघरमा पुग्ने गरेको हो ।
कोरोना भाईरसले नगरपालिका सगै देश अस्त–ब्यस्त भई रहेको बेला सुत्केरी र गर्भवति महिलाहरुलाई यो समयमा बिभिन्न समस्या हुन सक्ने भन्दै उपमेयर पार्बती सानुडागीले घरघरमा पुगेर पौस्टीक आहार तथा राहत बितरण गरेको हो । उपमेयर पार्बतीसानु डागी सहित स्वास्थ्य कर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण सगै चामल, तेल, हर्लिक्स, आईरन चक्की र न्यानो कपडा प्रदान गरेको छ ।
अभियान अन्र्तत शनिबार म्याङलुङ नगरपालिका वडानम्बर ७ र ८ का २० जना सुत्केरी र गर्भवति महिलालाई घरमै भेटेर राहत प्रदान गरेका छन् भने शनिबार म्याङलुङ नगरपालिका वडानम्बर १ का ७ जना सुत्केरी तथा गर्भवति महिलालाई राहतप्रदान गरिएको उपप्रमुख पौडेलले जानकारी दिईन । उहाका अनुसार यो कार्यक्रम नगरपालिकाका सबै वडाहरुमा बितरण गरिने छ ।

..jpeg)





प्रतिकृया दिनुहोस