फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा आयोजित फेदाप पोक्लाबाङ लिम्बुवान मेलाको खर्च सार्वजनिक ।
फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा आयोजित फेदाप पोक्लाबाङ लिम्बुवान मेला २०८२ को खर्च सार्वजनिक गरिएको छ।
११ दिनसम्म विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित सम्पन्न भएको मेलामा कुल १४ लाख ६८ हजार ५ सय ३ रुपैयाँ खर्च भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।
मेला यस वर्ष पनि भव्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिएको हो। मेलामा खुल्ला पुरुष र महिला फुटबल, ब्याडमिन्टन, खुल्ला लोकदोहोरी र बहुसांस्कृतिक कार्यक्रमहरू साकेला, मारुनी, संगिनी, डम्फु, झाँकी ,च्याब्रुङ र नृत्यको आयोजना गरिएको थियो ।
मेला सञ्चालनका लागि फेदाप गाउँपालिकाको आर्थिक सहयोगसँगै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनकारी महानुभावहरुले सहयोग गर्नुभएको रहेको समितिले जनाएको छ ।
मेला सफल पार्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
विशेष गरी खेलमैदान उपलब्ध गराउने जनज्योति माध्यमिक विद्यालय, यस्तै महिला फुडबल प्रथम पुरस्कारका प्रायोजक छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला, महिला दोस्रो पुरस्कारका प्रायोजक समाजसेवी होम प्रसाद कोइराला,र प्रचारप्रसारमा सहयोग गर्ने मेरो गन्तव्य मिडियालाई विशेष धन्यवाद दिइएको छ ।
मेलामा कुल आम्दानी १५ लाख २१ हजार ७ सय ४२ रुपैयाँ र खर्च १४ लाख ६८ हजार ५ सय ३ रुपैयाँ रहेको छ । मेला समितिका अध्यक्ष चिरिन्जिवी खनालका अनुसार ५३ हजार २ सय ३९ रुपैयाँ नगद मौज्दात रहेको छ ।





प्रतिकृया दिनुहोस