हर्क लिम्बू र बविता लिम्बूद्धारा विद्यार्थीहरुलाई स्टेसनरी र पोशाक बितरण
भदौ २६ तेह्रथुम : बिरेन्द्र लिम्बु
म्याङ्लुङ नगरपालिका–५ का हर्क लिम्बू र उहाँकी पत्नी बविता लिम्बूले भदौ २६ गते श्री हरीहर आधारभूल विद्यालयका ५० जना विद्यार्थी तथा अपाङ्गता भएका विद्यार्थीलाई स्टेसनरी, पोशाक र नगद १ हजार रुपैयाँ वितरण गर्नुभएको छ।
हर्क लिम्बू हाल मलेसियामा वैदेशिक रोजगारीमा रहनु भएको छ।
उहाँले आफ्नो बाल्यकालमा स्टेसनरी र पोशाक अभाव भोगेको अनुभवबाट प्रेरित भई, विद्यालयका विद्यार्थीहरूले त्यस्तो अभाव नहोस् र पढाइमा उत्साहित होउन् भन्ने उद्देश्यले दम्पतीले करिब दुई लाख रुपैयाँ मूल्य बराबरको सामग्री वितरण गर्नुभएको विद्यालय प्रधानाध्यापक अर्जुन रेग्मीले जानकारी दिनुभयो।
कार्यक्रममा भुमि आयोग तेह्रथुमका अध्यक्ष गणेश बहादुर सोदेम्बा, पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङ, समाजसेवी सुबिन्द्र थेगुवा र मित्र नेपालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको प्रमुख अथिति वडा नं ५ का अध्यक्ष राजकुमार सनेले गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार थेगुवाले अध्यक्षता गर्नुभएको थियो।
लिम्बु दम्पतीको यस योगदानले विद्यार्थीहरूलाई पढाइमा उत्साहित गर्न र सामाजिक उत्तरदायित्वमा प्रेरित गर्ने उदाहरण प्रस्तुत गरेको बताइएको छ।





प्रतिकृया दिनुहोस