साउने संक्रान्ति तथा सिसेक्पा तङ्नामको अवसरमा छथर गाउँपालिकाद्धारा १ दिने स्थानीय विदा
तेह्रथुमको छथर गाउँपालिकाले साउने संक्रान्ति तथा सिसेक्पा तङ्नाम पर्वको अवसरमा साउन १ गते बिहीबारका दिन स्थानीय विदा दिने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको २०८२ साल असार ३२ गतेको निर्णयअनुसार, साउन १ गते छथर गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था तथा संघ–संस्थाहरूमा एक दिनको स्थानीय विदा दिइने भएको हो।
यस सम्बन्धी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक पराजुलीले हस्ताक्षरित सूचनामार्फत सबै सरोकारवालालाई जानकारी गराइएको छ।
स्थानीय तहबाट लिइएको यो निर्णयले स्थानीय चाडपर्व ,पहिचान र परम्परा जगेर्ना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिकृया दिनुहोस