तेह्रथुममा कांग्रेसको खाता खोल्ने तुल्सी सुब्बा साधारण सदस्यबाट निष्कासित

नेपाली कांग्रेसले पूर्वमन्त्री तथा संविधानसभा सदस्य तुल्सी सुब्बालाई पार्टी सदस्यबाट निष्कासन गरेको छ ।

 

२०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार सीता गुरुङलाई हराउन खोजेको र एमालेका बिजय सुब्बालाई सघाएको आरोपमा उनीविरुद्ध उजुरी थियो ।

 

सोही उजुरीबमोजिम कांग्रेस अनुशासन आयोगले महासमिति सदस्य सुब्बालाई कारवाही गरेको हो । उनी २०६४ सालमा कांग्रेसबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । २०१५ सालपछि कांग्रेसबाट तेह्रथुममा चुनाव जित्ने उनी पहिलो हुन् ।

पञ्चायतकालमा सहायकमन्त्री बनेका सुब्बालाई गिरिजाप्रसाद कोइरालाले २०५६ सालमा कांग्रेस प्रवेश गराएका थिए

 

समाचार स्रोत नेपालप्रेश 

प्रतिकृया दिनुहोस