नेकपा एमाले तेह्रथुमको आयोजनामा गणतन्त्रको पक्षमा जागरण अभियान कार्यक्रम सम्पन्न
नेकपा एमाले तेह्रथुमको आयोजनामा गणतन्त्रको पक्षमा जागरण अभियान आज म्याङ्लुङमा सम्पन्न भएको छ।
स्थानीय बसपार्कबाट सुरु भएको र्र्यालीले बजार परिक्रमा गरेर रेडक्रस चोकमा कोणसभा गरेको छ। कोणसभामा प्रमुख अतिथि नेकपा एमाले सदस्य पोलिट ब्युरो सदस्यीय पर्श मेघी गुरुङले राजसस्था कुनै पनि हालतमा स्थापित नहुने बताउनु भएको छ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा तेह्रथुम जिल्ला ईन्चार्ज बिस्णु माया बिक, प्रदेश कमिटि सचिबालय सदस्य लक्ष्मण तिवारी, नेपाल उत्पिडित जातिय मुक्तिसमाज केन्द्रीय उपाध्यक्ष तथा प्रदेश कमिटि सदस्य अनुभूतिबम नेपाली, प्रदेश कमिटि सदस्य बाबुराम थापा, प्रदेश माननिय किसोर चन्द्र दुलाल , अनेरास्ववियु जिल्ला अध्यक्ष ज्ञानु तिम्सिनाले मन्तब्य राख्नु भएको थियो।
जनजागरण अभियान कार्यक्रम नेकपा एमाले तेह्रथुमका अध्यक्ष शिव ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हो।



.png)



प्रतिकृया दिनुहोस