मेलिनालाई पदमले पछि लगाए। ‘भिडियो सार्वजनिक’
तेह्रथुम, १७ असार
गायक पदम राई र पछिल्लो समय निकै व्यस्त गायिका मेलिना राईको आवाजमा रहेको ‘पछि पछि’ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपक शर्माको सब्द संगित रहेको यस गितको भिडियोमा कलाकार बर्षा राउत र पुश्प खड्काले रोमान्स गरेका छन् । रोमान्टिक कथावस्तु रहेको भिडियोमा गायक/गायिका राई द्धयले पनि अघि भाग्ने र पछि लाग्ने चरित्रलाई अभिनय मार्फत उठाएका छन् ।
नवराज उप्रेतीको क्यामेरा र सरिता प्रजापतीको श्रृङगार रहेको भिडियोमा कलाकार र गायक गायिकालाई निर्देशक सुव्रतराज आचार्यले आकर्षक नृत्य तथा रोमान्स शैलीमा प्रस्तुत गराएका छन् । मेलिना राईको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियो एकहप्ता नबित्तै करिब ५ लाख बढिले हेरिसकेका छन् ।
भिडियो यता,
https://www.youtube.com/watch?v=OTVPbdRYP0s&list=RDOTVPbdRYP0s&start_radio=1





प्रतिकृया दिनुहोस