तेह्रथुम सरोकार समाज द्धारा आगलागी पिडितलाई राहत वितरण
३ मंसिर २०८१, तेह्रथुम । तेह्रथुमका आगलागी पिडितहरुलाई तेह्रथुम सरोकार समाज काठमाडौले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुममा सोमबार एक कार्यक्रमको आयोजना गर्दै समाजले जिल्लाका बिभिन्न ५ वटा पालिकाका ५३ घरधुरी आगलागी पिडितहरुलाई राहत रकम वितरण गरेको हो । गतबर्षको सुख्खायाममा आगलागीमा परि घर पुर्ण रुपमा क्षति भएको परिवारलाई सात हजार सात सय र आंशिक क्षति हुने घरधुरीलाई तीन हजारको दरले राहत रकम वितरण गरिएको तेह्रथुम सरोकार समाज काठमाडौका महासचिव केशव प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाका अनुसारका पिडितहरुलाई जम्मा तीन लाख रकम वितरण गरिएको छ । तेह्रथुम घर भई बिभिन्न पेशा,व्यवशाय र रोजगारीको सिलसिलामा काठमाडौ बस्दै आएका व्यक्तीहरुले सामाजिक कार्यका लागि तेह्रथुम सरोकार समाज काठमाडौ गठन गरि संचालन गरेको समाजका अध्यक्ष हरिपती क्षेष्ठले बताउनुभयो । उक्त राहत रकम पनि समाजका पदाधिकारीहरुले व्यक्तीगत हिसाबले संकलन गरेको अध्यक्ष क्षेष्ठले जानकारी दिनुभयो । यसैबिच सोही अवशरमा आगलागी न्यूनिकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ ।


..jpeg)





प्रतिकृया दिनुहोस