नाकदहमा गुरुकुल कर्मकाण्ड सम्बन्धी एक महिने पुर्नताजकी तालिम सुरु।।
फागुन २९ गते, सोमबार
म्याङलुङ नगरपालिका वडा नं. ३ को नाकदहमा गुरुकुल कर्मकाण्ड सम्बन्धी एक महिने पुर्नताजकी तालिमको आज उद्ध्घाटन गरिएको छ । श्रीकृष्ण प्रणामी अनाथ आश्रममा आयोजित तालिमको म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले पानसमा बत्तिबालेर बिधिगत रुपमा उद्ध्घाटन गर्नुभएको हो । तेह्रथुम साहित्य प्रतिष्ठानले आयोजना गरेको पुर्नताजगी तालिममा गुरुहरु कृष्ण प्रसाद तिम्सिना र सुन्दर दाहालले प्रशिक्षण गरिरहनु भएको छ। एक दर्जन प्रशिक्षार्थि सहभागी तालिममा मानिसको जन्मदेखी मृत्यूपर्यन्त सम्महुने बिभिन्न संस्कारमा गरिने कर्मकाण्डको बारेमा प्रशिक्षण गरिने भएको छ ।
तालिमको उद्ध्घाटन गर्दै म्याङलुङ नगरपालिकाका मेयर संजयकुमार तुम्बाहाङफेले बिभिन्न जाती र समुदायलाई आआफ्नै कर्मकाण्डले बाँधेको हुनाले यसको निरन्तरता दिनु आजको आवश्यकता रहेको बताउनुभयो । हरेक व्यक्तिलाई आफ्नो भाषा,धर्म,संस्कृती र संस्कार अपरिहार्य रहेको बताउदै कर्मकाण्ड शिक्षा लिने र दिने व्यक्तीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा श्रीकृष्ण प्रणामी अनाथ आश्रमका समिति सदस्य नारायण सिग्देल,म्याङलुङ कार्यपालिका सदस्य प्रकाश रसाईली,तेह्रथुम साहित्य प्रतिष्ठानका सल्लाहकार प्रेम शंकर,प्रशिक्षक कृष्ण प्रसाद तिम्सिना लगायतले आआफ्नो भनाई राख्नुभएको छ ।
पुर्नताजकी तालिमको उद्ध्घाटन कार्यक्रम म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेको प्रमुख आथित्य तथा तेह्रथुम साहित्य प्रतिष्ठानका अध्यक्ष दिपक कट्टेलको अध्यक्षतामा सम्पन्न भएको हो ।







प्रतिकृया दिनुहोस