तेह्रथुमको लालीगुराँसका कृषक अर्गानिक सागसब्जी उत्पादनमा रमाउँदै 

लालिगुराँस ३ राई बारीमा बन्दाकोभी गोड्दै

तेह्रथुम , १३ कात्तिक ः तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका वडा नं १ की कृषक दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी तरकारी बाह्रै महिना हेर्न पाइन्छ । 
आफूले लगाउने तरकारी बालीमा उहाँ रासायनिक मल र बिषादीको साटो कम्पोष्ट मल र जैविक बिषादी प्रयोग गर्नुहुन्छ । दश रोपनी क्षेत्रफलमा अर्गानिक तरकारी खेती गर्दै आउनुभएकी उहाँले तरकारी बिक्रीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । स्थानीय तीनजुरे महिला कृषक समूहकी सचिव दीपा त्यस क्षेत्रकी अर्गानिक तरकारी उत्पादक कृषक हुन् । 
लालीगुराँस नगरपालिका वडा नं ७ ओखरबोटे महिला कृषक समूहकी अध्यक्ष मेनुका पोख्रेलले पनि उहाँ जस्तै तरकारी बालीमा रासायनिक मल र बिषादीको प्रयोग गर्नुहुत्र ।   त्यस्तै लालीगुराँस नगरपालिकाकै वडा नं. ३ की कृषक गीता राईले पनि विगत पाँच वर्षदेखि रासायनिक मलविजन नै तरकारी खेती गर्दै आउनु भएको छ ।
रासायनिक मलको प्रयोग नगर्दा उत्पादन केही कम भए पनि मानव जीवनका लागि  स्वस्थकर हुने र उपभोक्ता माझ पनि अर्गानिक तरकारीको माग बढि देखिएकोले यसतर्फ बढि ध्यान दिएको कृषक राईको भनाई छ ।
उहाँहरु मात्र होइन लालीगुराँस नगरपालिकाको वडा नं १, ३ र ७ का ३७ वटा महिला कृषक समूहमा आबद्ध सबै कृषकहरुले कम्पोष्ट मल र जैविक बिषादीको प्रयोग गरी अर्गानिक तरकारी खेती गर्दै आएका छन् । रासायनीक मल र बिषादीकै प्रयोग गर्दै आएका उहाँहरुलाई पाँच वर्ष अघि तेह्रथुममा क्रियाशील गैरसरकारी संस्था दलित सचेतना समाज (ड्यास) ले अर्गानिक तरकारी खेती र त्यसबाट हुने फाइदाका विषयमा सचेतनामुलक तालिम दिएपछि उहाँहरु अर्गानिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 
उहाँहरुमा अहिले रासायिक मल महँगो हुने र खेत पनि बिगार्ने भएकाले किसानहरु अर्गानिक खेतीलाई महत्व दिन थालेका हुन् ।


ड्यासले सञ्चालन गरेको तालिममा सहभागि भएपछि रासायनिक मलको प्रयोग र त्यसबाट उत्पादित तरकारीले मानव स्वास्थ्यमा पार्ने असरबारे पहिलोपल्ट थाहा पाएको लालीगुराँस नगरपालिका वडा नं ३ लसुनेकी कृषक सुशीला राईले बताउनुभयो । तालिम मार्फत रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र तरकारी बालीमा नयाँ नयाँ रोग निम्तिने कुरा थाहा पाएपछि अर्गानिक खेतीमा लागेको उहाँले बताउनुभयो । 


‘पहिले तरकारीमा बिषादी छर्किदा दुईतिन दिन बिरामी नै परिन्थ्यो, हातखुट्टा झम्झमाउने,  दुख्ने हुन्थ्यो’, लालीगुराँस नगरपालिका वडा नं १ की गीता पौडेलले भत्रुभयो, ‘त्यो बिषादीले असर गरेको रहेछ ।’ ड्यासको तालिम पाएपछि पाँच वर्षदेखि रासायनिक मल र बिषादीको प्रयोग बन्द गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अत्यधिक रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति नास भएर उत्पादनमा कमी आउने, मलको मात्रा क्रमशः बढाउदै लानुपर्ने र तरकारीमा नयाँ नयाँ रोग लाग्ने समस्या बढेको थियो । पाँच बर्षदेखि जैविक बिषादी र कम्पोष्ट मल मात्र प्रयोग गर्न थालेपछि बल्ल माटोमा सुधार आउन थालेको उहाँको भनाई छ । 


तालिममा अर्गानिक मल बनाउने तरिका सिक्यौँ र अहिले छ÷छ महिनामा समूहमा मिलेर वाष्पीकरण विधिबाट जैविक बिषादी बनाउँछौं, समूहका सबै सदस्यले एक–एक थरी बिषादी बनाउने झारपात ल्याएर सामूहिक रुपमा बिषादी बनाएर आपसमा बाढ्छौँ कृषक गीताले जानकारी दिनुभयो । यसबाट हामीलाई धेरै बचत भएको छ र सीप पनि सिक्न पाएका छौँ उहाँहरुको भनाई छ । अर्गानिक मल प्रयोग भएको तरकारी छिट्टै नकुहिने र स्वाद पनि बेजोड हुने उपभोक्ता स्थानीय भूमी राईले बताउनुभयो ।
चिनी मलको अत्यधिक प्रयोग हुने सो क्षेत्रमा त्यसको प्रयोग शून्य बनाउन निकै गाह्रो भएको अनुभव ओखरबोटे महिला कृषक समुहकी अध्यक्ष मेनुका पोख्रेलले सुनाउनुभयो ।
     चिनीमल नहालेको सुरुको वर्ष अन्य वर्षको तुलनामा चार भागको एक भाग पनि तरकारी उत्पादन नभएको उहाँले बताउनुभयो । तर, नगरपालिकाको भकारो र गोठ सुधार कार्यक्रमले कम्पोष्ट मल बनाउने तरिका सिकाएको उहाँको बताउनुभयो । मललाई छाना लगाएर राखिने गाईवस्तुको पिसाव ट्याङ्कीमा जम्मा गरी तरकारीमा लगाउँदा चिनिमलको जस्तै काम गर्छ भत्रे थाहा पाएपछि आफूहरुले त्यसै गरेको कृषकहरुले सुनाउनुभयो । 


आर्थिक वर्ष २०७५÷७६ देखि ड्यासले सो क्षेत्रमा अर्गानिक खेती सम्बन्धी जनचेतनामुलक तालिम सञ्चालन गरेको थियो । तालिम लिएपछि २०७६ सालमै ड्यासकै समन्वयमा तीन वटा वडामा ३७ वटा महिला कृषक समूह गठन गरिएको ड्यासका कार्यक्रमका संयोजक कुमार विशंखेले बताउनुभयो । ‘अधिकांश घरका पुरुष रोजगारीको सिलसिलामा विदेशमा छन्, घरमा भएका महिलाहरु नै कृषि उत्पादनको कार्यमा संलग्न छन्, त्यसैले हामीले महिला कृषक समूह गठन गरी चरणवद्ध रुपमा अर्गानिक उत्पादनका लागि कार्यक्रमहरु गरेका छौं’ उहाँले भत्रुभयो ।


लालीगुराँस नगरपालिकाको वडा नं १, ३ र ७ मा नगरपालिकासँगको सहकार्यमा ड्यासले भकारो सुधार, गोठ सुधार कार्यक्रम, जैविक बिषादी बनाउने तालिम सञ्चालन गरेको थियो । अहिले पनि ड्यासले रासायनिक मलको प्रयोगलाई कम गर्ने र प्राङ्गारिक मलको मात्रालाई बढाउँदै लाने विषयमा सचेतनामुलक कार्यक्रमहरु गरिरहेको पाइएकोछ ।
त्यसैगरी नगरपालिकासँगको सहकार्यमै अर्गानिक खेतीका लागि कृषकहरुकै खेतबारीमा गएर ब्याड नर्सरीदेखि उत्पादन सम्म गरिने अर्गानिक प्रक्रिया (कृषक पाठशाला) पनि सञ्चालन गरिएको थियो । 


गाईवस्तुको भकारो सुधार, भकारोमा छाना लगाउने अभियान, विभित्र विद्यालयका ८०० बढी बालबालिकाहरुका लागि अर्गानिक खेतीको विषयमा कक्षा सञ्चालन, अर्गानिक खेतीको महत्वको विषयमा वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम ड्यासले सञ्चालन गरेको थियो ।


त्यस्तै अर्गानिक खेती गर्न चाहने विपत्र लक्षित महिलाहरुलाई अनुदान, अर्गानिक तरकारी बिक्री केन्द्र, अर्गानिक तरकारी संकलन केन्द्र स्थापना, लालीगुराँस अर्गानिक सहकारी संस्था स्थापना गरी त्यस मार्फत अर्गानिक तरकारी मेला जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको ड्यासले जनाएको छ ।
पहिले धेरै मात्रामा चिनीमल प्रयोग हुने सो क्षेत्र अर्गानिक तरकारीको हबको रुपमा विकास हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस