सिटिजन्स बैंकद्वारा वुमन एक्टलाई आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वुमन एक्ट नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । वुमन एक्टको केन्द्रीय कार्यालय टुसाल, महाराजगन्जमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले १ लाख रुपैयाँको चेक संस्थाका सञ्चालक सिर्जना अधिकारीलाई हस्तान्तरण गरेकी थिइन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थिति रहेको बैंकले जनाएको छ । संस्थाकी सञ्चालक अधिकारीले उक्त रकम भूकम्पप्रभावित क्षेत्रका महिलालाई आर्थिक रूपले सबल बनाउन प्रयोग गरिने बताइन् । बैंकले देशभर ८० शाखा, ७५ एटिएम र ९९ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस