टंक बुढाथोकी र अशोक दर्जीको दोस्रो गीत सार्वजनिक

टंक बुढाथोकी र बाल गायक अशोक दर्जीको दोस्रो गीत सार्वजनिक भएको छ। ‘मन बिनाको धन ठूलो कि’ गीतको सफलता पछि ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत सार्वजनिक गरेका हुन्।

आमाको मायाप्रति र सम्पूर्ण कर्मशील महिलाहरु संसारकै सुन्दर भएकाले उनीहरुप्रति समर्पित गर्दै गीत सार्वजनिक गरिएको बुढाथोकीले बताए। गीतमा बुढाथाकीकै शब्द र संगीत रहेको छ भने उनीसँगै अशोक दर्जी र एआर बुढाथोकीले स्वर दिएका छन्।

गीतमा आफनो आमाको मात्र नभई पूरै देशको आमाहरुको सुन्दरतालाई बयान गरिएको छ। भिडियोमा टंक बुढाथोकी, अशोक दर्जी, आर्यान बुढाथोकीको साथै नेपालकी पहिलो नायिका भुवन चन्द, दीपिका शर्मा, डि आई रुपक र बासुकला मैनाली प्रस्तुत छन्।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोको निर्देशन टंक आफैले गरेका हुन्। सौरव लामाको छायांकन रहेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। टंक र अशोकको यो पछिल्लो गीतलाई अपलोड भएको छोटो समय मै ७ लाख भन्दा धेरै पटक हेरिएको छ।

प्रतिकृया दिनुहोस