म बगिरहेकै छु निरन्तर निरन्तर...

विना पर्वाह म शिर उठाएर हिँड्दा,तिमीलाई म थेतरी लाग्छ 
धित खाेलेर म उन्मुक्त हाँसि दिँदा,
तिमीलाई म नकचरी लाग्छ 
मेरै गन्तव्यमा म निस्फिक्री हिँड्दा,
तिमीलाई म अटेरि लाग्छ 
मैले पनि अलिकत प्रेम पाेखिदिँदा,
तिमीलाई म निर्लज्जलाग्छ ।
तिमीले बनाएको याे बन्धनकाे डाेरीकाे रेशा-रेशाले मलाई 
निर्लज्ज,गतिछाडा,वेपर्वाह
अनि चरित्रहिन भनेकाे छ ।
अनि मलाई टन टनि कसेकाे छ,
घसेटेकाे छ, लछारेकाे छ 
पछारेकाे छ ।
तिम्रो याे पासाेमा, म कसिँदै
अनि, तिम्रो जफत कसाइमा खिइँदै
पाेखिँदै
अग्ला अग्ला भिर,पाखाबाट पछारिँदै
झर्ने झरना झैँ,
म झरिनै नै रहेँ अनि बगिरहेँ।
विकृतिकाे सडन गलन साेहाेर्दै।
भाग्नु,लक्नु, छलिनु,
फेरि सुक्नु अनि भेलिनु
जिन्दगीका कृडाहरु म खेलिनै रहेँ
म हेलिइ रहेँ म बगिनै रहेँ।
तिमीलाई फुर्सद नै छैन ,
मेराे चारित्रीक प्रमाण पत्रकाे नक्सा काेर्दैमा,
अघाेषित तिम्रो नाकाबन्दीकाे कार्यालयमा,
तिम्रै कलम तिम्रै हात,तिम्रै कागच अनि तिम्रै छाप,
अनि तिम्रै साेचबाट बनेकाे ,
निर्लज्ज तिमीनै पाे दस्तखत गर्छाैं ।
मेराे चारित्रीक प्रमाणपत्रमा ।
चिया पसल देखि भट्टीसम्म,
मन्दिरकाे जागृतिदेखि, विवाह भाेज बनभाेज सम्म 
जता ततै तिमी ब्यस्त,
तर तिमी मेराे नियति खै के
बदल्न सक्छौ र,
म त निरन्तर बगि नै रहन्छु,
तिमीले नै उब्जाएका दुर्गन्धहरु पखाल्दै।
तिमीले नदेखेकाे नसुनेकाे र नभाेगेकाे
संसारकाे कुना कुनासम्म,
कतै अामा कतै छाेरी, कतै बहिनी र कतै जीवन सँगीनी भएर
कतै अाकास कतै धरती त
कतै सृजना भएर, 
म बगिरहेकै छु निरन्तर निरन्तर ।।

प्रतिकृया दिनुहोस