वैदेशिक अध्ययन परामर्शका लागि थपियाे ‘करिअर प्वाइन्ट’

काठमाडाैँ । हाँस्यकलाकार दिपकराज गिरीले करिअर प्वाइन्ट एजुकेसन कन्सल्टेन्सी सर्भिसको उदघाटन गरेका छन् ।

पुतलीसडक पद्मोदयमोडस्थित एजुकेसनको शुक्रबार उद्घाटन गरिएको हो ।

तीन जनाको संयुक्त लगानीमा रहेको करियर प्वाइन्टको विदेशी विभागका मुख्य जिम्मेवारी लामो समय बेल्जियममा बसोबास गर्दै आएका कशी दनैले लिएका छन् । उनले वैदेशिक शिक्षा हासिल गर्न खोज्ने युवाहरूलाई पुलको काम गर्न करियर प्वाइन्टको अावश्यकता खड्किएकाे बताए ।

कार्यक्रममा बोल्दै कलाकार गिरीले ०४६ सालपछि शिक्षा र संचार क्षेत्रले धेरै फड्को मारेको बताए । स्कुल चरण पुरा गरेपछि कस्तो शिक्षा लिने र कहाँ पढ्ने ? भन्ने बारेमा यस्ता धेरै संस्था खुलेको बताए । गिरीले सबैले स्तरीय शिक्षा लिन पाउने नैसर्गिक अधिकार रहेको भन्दै करिअर प्वाइन्टको सफलताको शुभकामना दिए ।

वैदेशिक रोजगारीलाई नियन्त्रण गर्नको लागि सरकारले विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाईरहँदा दैनिक ३ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनको नाममा विदेसिँदै आएका छन् । यही कुरालाई मध्येनजर गरेर करिअर प्वाइन्टको स्थापना गरिएको सर्भिसले बताएकाे छ ।

प्रतिकृया दिनुहोस