विद्युत पावर सबस्टेसनमा कार्यरत सुरक्षा गार्डको करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लालपुरस्थित विद्युत पावर सबस्टेसनमा कार्यरत सुरक्षा गार्डको कार्यस्थलमै करेन्ट लागेर मृत्यु भएको हो।

 मृत्यु हुनेमा भीमदत नगरपालिका–१९, बागफाँटाका ४० वर्षीय चन्द्रदेव भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आइतबार बिहान सबस्टेसनमा केही पड्केको ठूलो आवाज आएको र त्सपछि कर्मचारीहरुले हेर्दा भट्टको मृत्यु भएको देखेपछि प्रहरीलाई खबर गरेको कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए।

करेन्ट कसरी लागेको भन्ने बारे खुलेको छैन। भट्ट बिगत केही वर्षदेखि लालपुर उक्त सवस्टेसनमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेका थिए।

घटनाको बिरोधमा स्थानीय र घरपरिवाले लालपुर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। घटना नियोजित तरिकाले गरिएको भन्दै उनीहरुले प्रदर्शन गरिरहेका हुन। प्रदर्शनका कारण भट्टको शवलाई पोष्टमाटमका लागि ल्याउन नसकिएको डीएसपी ओझाले बताए। ‘शव घरपरिवार र स्थानीयले उठाउन दिएका छैनन्, हामी पोष्टमाटमका लागि यता ल्याउने प्रयासमा छौँ’, उनले भने। अहिले त्यहाँको सुरक्षा व्यवस्स्था कडा पारिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

घटनाका बारेमा थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस