बुबा मारेर भागेको भोलिपल्ट पक्राउ

मोरङको विराटनगरमा पिताको हत्या गरी फरार व्यक्ति एक दिनपछि पक्राउ परेका छन्।

बाबुको हत्या गरी फरार विराटनगर महानगरपालिका-१७ धुनिया बस्तीका चुनु भन्ने २२ वर्षीय बब्लु सिंहलाई रानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले मंसिर २८ गते बिहान विराटनगर-१५ को दुई नम्बर ढाटस्थित गल्लीबाट पक्राउ गरेको हो।

घरासयी विवादका क्रममा उनले मंसिर २७ गते बुबा ५० वर्षीय शशी सिंहलाई धारिलो हतियारले हानेका थिए। बब्लु, शशीका कान्छी श्रीमती तर्फका छोरा हुन्।

जेठी तर्फका छोरा २५ वर्षीय मोहमद आकाश आलम र बुबासँग बब्लुको झगडा परेको थियो। त्यस क्रममा उनले बुबा र सौतेनी दाइ दुवैलाई धारिलो हतिायरले प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घटनालगत्तै घाइते दुवैलाई विराटनगरस्थित नोबेल अस्पतालमा लगिएकामा उपचारकै क्रममा सोही राति बुबा शशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार बब्बुलाई भोलिपल्ट पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको मोरङ जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस