ईपीएलमा आज ललितपुर र भैरहवा भिड्दै, शरद र ज्ञानेन्द्र को बलियो ?

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज (आइतबार) ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुुरु हुने खेलमा यसअघि नै प्लेअफ पुगिसकेका दुुई टिमले खेल्दैछन् ।
समान तीन—तीन खेलमा जित निकालेका भैरहवा र ललितपुरबीचको खेल रोमाञ्चक हुने विश्वास गरिएको छ । भारतीय खेलाडी गौरव तोमर र जयकिसन कोल्सावाला फर्ममा रहेको ललितपुरविरुद्धको खेलमा यसअघिका खेलमा एक्लै रवी इन्दर सिंहको ब्याटिङ हावी देखिइरहँदा आजको खेलमा यी तीनै जना ब्याट्सम्यान लयमा देखिन्छन् ।
राष्ट्रिय टिमका ओपनिङ ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र नेपालका प्रभावकारी खेलाडी शरद भेषावकरबीच को बलियो भन्ने पनि देखाउने छ यो खेलले ।
घरेलु प्रतियोगितामा आफूलाई अब्बल देखाइसकेका शरद समूह चरणको अन्तिम खेल जित्ने लक्ष्यमा छन् भने ललितपुर पनि भैरहवालाई रोक्ने लक्ष्यमा रहने कप्तान मल्लले बताएका छन् । 

प्रतिकृया दिनुहोस