टेस्ट क्रिकेटमा कोहलीको २५औं शतक

एजेन्सी । भारतका कप्तान विराट कोहलीले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा आइतबार शतक बनाएका छन् । टेस्ट क्रिकेटमा उनको यो २५औं शतक हो ।
८२ रनको स्थितिबाट तेस्रो दिनको शुरुआत गरेका कोहलीले आइतबार बिहान मिचेल स्टार्कको बलाई स्ट्रेट ड्राइभमा चौका हान्दै शतक पूरा गरेका हुन् । १ सय २७औं इनिङ खेलिरहेका कोहली अस्ट्रेलियाका सर डन ब्रेडम्यानपछि चाडै २५ शतक पूरा ब्याट्सम्यान बनेका छन् । ब्रेडम्यानले ६८ इनिङमा २५ शतक बनाएका थिए । कोहलीले भारतका महान ब्याट्सम्यान सचिन तेन्डुलकर र सुनिल गावस्करलाई पछि पारे । तेन्डुलकरले १ सय ३० तथा गावस्करले १ सय ३८ औं इनिङमा २५ सतक बनाएका थिए ।

 

टेस्ट क्रिकेटमा २५ शतक बनाउने कोहली २१ औं ब्याट्सम्यान हुन् भने भारतका चौथा खेलाडी हुन् । अष्ट्रेलियामा कोहलीको यो छैटौं शतक हो । अस्ट्रेलियामा उनी १९औं इनिङ खेलिरहेका छन् । अस्ट्रेलियामा भ्रमणकारी टोलीबाट दुई ब्याट्सम्यानले मात्र ६ भन्दा धेरै शतक बनाउन सफल भएका छन् । ज्याक होब्सले ४५ इनिङमा ९ शतक बनाएका थिए भने वेले हममोन्डले ३५ इनिङमा ७ शतक बनाएका थिए । अस्ट्रेलियामा हरबर्ट सुटलाइफ र तेन्डुलकर दुवैले समान ६ शतक बनाएका छ ।   
भारत पहिलो इनिङमा ४३ रनले पछि परेको छ । पर्थमा टस जिटेर पहिले ब्याटिङ गरेको अस्ट्रलियाले पहिलो इनिङमा ३ सय २६ रन बनाएको थियो । भारतले २ सय ८३ रन बनाउँदा सबै विकेट गुमायो । एडलेइडमा सम्पन्न पहिलो टेस्ट भारतले जितेको थियो ।

प्रतिकृया दिनुहोस