News

तेह्रथुम अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु,अवस्था तनाबग्रस्त

 
  तेह्रथुम जिल्ला अस्पतालमा प्रसुति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका आठ, आम्बुङकी ३५ वर्षे रत्नमाया मगरको ज्यान गएको हो । अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी उनको चिकित्सकको लापरबाहीको कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ । बच्चा समेत नबाँचेपछि मृतकका परिवार र महिला अधिकारकर्मीहरुले अस्पताल प्रशासनको चरम लापरवाही भन्दै विरोध गरेका छन् । अस्पताल परिसर तनावग्रस्त बनेको छ । प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेको छ । प्रसुतिको व्यथा नै नलागी महिलाको मृत्यु भएको परिवारले दाबी गरेको छ । मृत्युको कारणबारे अस्पताल प्रशासनले आधिकारिक जानकारी दिएको छैन । 
 
 
समाचार
चाहाना र लक्ष्यमा अगाडी बढ्न सके सफल जीवन जीउन सकिने
भदौ २८,तेह्रुथुम/ युबाहरुको मानसिकतामा भरीएको बाहानालाई हटाउँदै चाहाना र लक्ष्यमा अगाडी बढ्न सके मात्र सफल जीवन जीउन सकिने छथरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन । युबा जागरण समाज
added on 2018-09-14 07:52:33
जिल्ला अस्पतालमा प्रसुती हुन आउने महिलालाई यातायात खर्च दिने
भदौ २८,तेह्रुथुम / म्याङलुङ नगरपालिकाले अब जिल्ला अस्पतालमा प्रसुती हुन आउने महिलालाई यातायात खर्च दिने भएको छ । नगरपालिका भित्रका महिला प्रसुती हुन जिल्ला अस्पताल आउदा र घर जादा लाग्ने
added on 2018-09-14 07:52:51
अष्टमी गोल्डकपको उपाधी कुम्मायक स्पोटिङ क्वल पाँचथरले उचाल्यो
भदौ १८,तेह्रथुम /तेह्रथुमको म्याङलुङमा सम्पन्न अष्टमी गोल्डकपको उपाधी कुम्मायक स्पोटिङ क्वल पाँचथरले उचालेको छ । देवीरङ्गसालामा सोमबार सम्पन्न फाईनल खेलमा डाडाबजार बजार धनकुटालाई एकको बिरुद्ध दुई गोल गर्दै पाँचथरले उपाधीमा
added on 2018-09-04 07:36:05