News

ऐतिहासिक चोत्लुङ पार्कको उद्धघाटन

लालीगुराँस नगरपालिकाले जिल्लामै पहिलो पटक लिम्बुजातीको सस्कृती र परम्परा झल्कीने अन्र्तराष्ट्रिय स्तरको अनुसन्धान केन्द्र चोत्लुङ  पार्क निर्माण गरेको छ । सास्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उदेस्यले लालिगुराँस नगरपालिकाले ऐतिहासिक चोत्लुङ (सिद्धी प्राप्ती) पार्क निर्माण गरेको हो । लिम्बुजातीको अन्र्तराष्ट्रिय स्तरको अनुसन्धान केन्द्र निर्माण गर्ने उदेस्यले नगरपालिकाले निर्माण गरेको चोत्लुङ पार्कको नेपाल प्रज्ञा प्रतिष्ठानका भुतपुर्ब कुलपति तिलबिक्रम नेम्बाङ (बैरागी काईला)को प्रमुख आथित्यतामा उद्धघाटन गरिएको हो । 
 
आदिमकाल देखी आफ्नै भाषा,लिपी, धर्म, संस्कार, सस्कृती, रितीरिवाज रहेको लिम्बुजातीको पुरातात्वीक सभ्यताको भग्नाबशेस जगेर्ना गर्ने उदेश्यले पार्क निर्माण कार्य सुरु गरिएको लालीगुराँस नगरपलिकाका मेयर अर्जुनबाबु माबुहाङले बताउनु भयो । करिब ५० रोपनी क्षेत्रफलमा निर्माण  भएको यो पार्कको पुर्वपट्टिको भागमा लिम्बुजातिको आदिम राजा सावा येहाङको सभ्यतालाई पुन निर्माण गरिएको छ । आदिमकालको सभ्यतालाई प्रतिविम्वीत गराउने सावायेहाङ पाङभे(गाँउ)मा आठ वटा परम्परागत घरहरु निर्माण गरिने नगर प्रमुख माबोहाङले जानकारी दिनु भयो ।
 
बसन्तपुर बजार नजिकै अल्केडाडामा निर्माण भएका चोत्लुङ पार्कमा ऐतिहासिक तानको साथमा नेन्दुरि सोसिक्मालुङ र पासाङगा थाङमेनालुङ (ढुंगाको तराजु) समेत बनाईएको छ । मावन सम्भताको सुरुवात भए पश्चात बिहाबारी गर्दा यहि तराजुमा जोखिएर मात्र तौल अनुसार निर्णय लिनुपर्ने किंवदन्ती लिम्बु समुदायमा रहेको छ । पार्कले लिम्बु भाषा संस्कार, सस्कृती र सभ्यतालाई जिवन्त राख्न महत्पुर्ण भुमिका खेल्ने मुन्धुमबिधहरुले बताएका छन् । यस सगै लागिगुरास नगरपालिकामा अर्को एक पर्यटकिय स्थल थपिएको पर्यटन ब्याबसायीहरुले बताएका छन् ।
समाचार
कोषको सहयोगमा घर घरमा धारा
कल्पना लिम्बु असार २१,तेह्रथुम(मेन्छ्यायेम) ­जिल्लाको फेदाप पाउ पालिका साबिक सम्दुमा रहेको अन्नपुर्ण सामुदायीक सस्थाले सञ्चालन गरेको खानेपानी आयोजनाले स्थानीयबासी खुसी भएका छन् ।यस अघि बिहान दुई घण्टाको समय खाानेपानी जोहो गर्दै
added on 2018-07-05 18:31:21
उपचारका लागी काठमाडौं लगीएका दिलु लिम्बूलाई आर्थिक सहयोग
असार १९,तेह्रथुम/ म्याङलुङ बसन्तपुर सडक खण्ड हिलाम्मे भएर एम्बुलेन्स सञ्चालन गर्न जोखिम भएपछि हेलीकप्टर चार्टर गरी उपचारका लागी काठमाडौं लगीएका म्याङलुङ नगरपालिका–५ अम्फुवाकी
added on 2018-07-04 09:27:09
चिया कफी खेती समन्वय सम्बन्धी एकदिने गोष्टी सम्पन्न
चिया खेतीमा व्यावशायिक बनाउनका निम्ती चिया कृषकहरुलाई लालिगुराँस नगरपालिकाको सोल्मामा चिया कफी खेती समन्वय सम्बन्धी एकदिने गोष्टी सम्पन्न भएको छ । राष्ट्रिय चिया तथा कफि
added on 2018-07-04 09:05:11