News

चेम्जोङद्धारा कम्प्युटर कक्षा सञ्चालनका लागि आर्थिक सहयोग प्रदान

समाजसेबी तथा गितकार ईन्दीरा चेम्जोङले धनकुटाको राजारानीमा रहेको पुन्य माध्यमीक बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि आर्थिक सहयोग गरेकी छिन् । बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि चेम्जोङले एक लाख रुपैया आर्थिक सहयोग गरेकी हुन् । सहयोग रकम बुद्धजयन्तीको अबसरमा मंगलबार राजारानी स्थीत सोही बिद्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरि रकम प्रदान गरिएको समाजसेबी तथा गितकार ईन्दीरा चेम्जोङले  जानकारी दिईन् ।
 
समाजसेवा संगै गित सङगीतमा रुची राख्ने  चेम्जोङको पहिलो एल्बम अर्को जन्मबाट संकलन भएको रकम बिद्यालयलाई कम्प्युटर कक्षा सञ्चालनका लागि दिने यस अघि घोषणा गरे अनुसार रकम हस्तान्तरण गरेको हो ।साथै बुद्धजयन्तीको अबसरमा रारा फुडबल क्लबको आयोजनामा राजारानीमा आयोजनामा हुने फुडबल प्रतियोगिताका लागि नगद १० हजार समेत सहयोग गरेकी छिन् । गितकार चेम्जोङको एल्वम ‘अर्को जन्म’ मा एक लिम्बुभाषाको सहित ६ वठा गित समावेश छन् ।
 
उनका गितमा चर्चित गायक दिपक लिम्बु, मेलिना राई , अञ्जु पन्त , मिलन अमात्य , प्रमोद खरेल , स्वरुपराज आचार्य , सिता सिंगक लगायतका गायकीहरुले स्वर दिएका छन् । तेह्रथुम म्याङलुङ घर भएकी चेम्जोङ धनकुटाको राजारानीमा जन्म भई रोगजारीको सिलसिलामा न्यूयोर्कमा बस्दै आएकी छिन् । समाजसेबी तथा गितकार चेम्जोङले यस अघि पनि बिभिन्न बिरामीहरुको उपचारका लागि आर्थिक सहयोग गरि सकेकी छिन् ।
 
समाचार
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08
जन्म दिनको दिन विद्यार्थीलाई विद्यालय पोषाक प्रदान
जेठ ६,तेह्रथुम / म्याङलुङ्ग नगरपालिका २ निवासी अर्जुन ढुङ्गानाले आफ्नो जन्म दिनको दिन एक जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्नुभएको छ । आफ्नो ३९ औं
added on 2018-05-21 14:33:34
आफ्नै गाँउठाँउमा आर्ट सेन्टर सञ्चालन गरेर मनग्गै आम्दानी
जेठ ५, तेह्रथुम/ युवाहरु बैदेशिक रोजगारीका लागि बिदेश जानेक्रम नरोकिए पनि केहि युवाहरु भने आफ्नै गाउ, ठाँउमा स्वरोजगार बनेर मनग्गै आम्दनी गरिरहेका छन् । मनग्गै आम्दानी गर्ने युवाहरु मध्ये
added on 2018-05-20 15:51:39