News

छथर गाउँपालिकाको केन्द्र सुक्रबारेमा शिबिर सञ्चालन

नागरिकता नहँुदा बिभीन्न सेवा सुबिधा लिनबाट बञ्चित हुनुभएका छथर गाउपालिका सुदापका कुलमान लिम्बुले ७२ बर्षको वृद्धावस्थामा गाउँबाटै नागरिकता पाएका छन् । शारिरीक रुपमा अशक्त, रहेका उनी जिल्ला सदरमुकाम पुग्ने खर्च नहुँदा सरकारले दिने सेवा सुबिधाबाट बर्षाै बञ्चित रहँदै आएका थिए । स्थानीय तहमा सञ्चालन भएको घुम्ती शिबिरको खबर पाए सँगै  नागरिकताको लागी उनका आफ्न्तले कागजात मिलाए पछी ढल्किदो उमेरमा  नागरिता पाउँदा हर्षले गदगद भएको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताउनभयो ।
 
उमेरमा नागरिकताको आबश्यकता नठानेका उनलाई नगारिकता नभए कै कारण राज्यले दिँदै आएको सेवा लिन पाएका थिएनन् । उनी जस्तै  २००३ मा जन्म भएकी छथर गाउँपालिका ३  पञ्चकन्या की  बागमती लिम्बुले पनी आफ्नो नामको नागरिकता पाउँदा हर्षित बनेकी छिन् । बिभीन्न समस्याका कारण नागरिकता बनाउन नसक्दा कुलमान झै बागमतीले पनी राज्यले दिने सेवाबाट बञ्चित बनेकी गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताउनुभयो । जिल्ला प्रसाशन कार्यलय तेह्रथुमले जिल्लाको पश्चिमी क्षेत्रमा सेवा दिने उदेश्यका साथ सञ्चालन गरेको घुम्ती शिबीरमा छथर गाउँपालिकाका स्थानीयहरुले सेवा पाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमीरेको नेतृत्वमा रहेको टोलीले छथर गाउँपालिकाको केन्द्र सुक्रबारेमा शिबिर सञ्चालन गरी सेवा दिई रहेका छन ।
 
२ दिन सम्म सञ्चालन हुने शिबिरको पहिलो दिन ४६ महिला ४६ पुरुष गरी जम्मा ९२ जनाले नागरिकता पाएको छथर गाउँपालिकाले जनाएको छ । स्थानीय तहबाटै बिभीन्न सेवाहरु स्थानीयहरुले पाउन थाले सँगै संघीयताको महसुष गर्ने थालेको छन । गतबर्ष सम्म जिल्ला सदरमुकाम मात्र लिन पाउने सेवाहरु गाउँ गाउँबाटै पाउन थालेपछी स्थानीयहरु सदरमुकाम कमै मात्रामा पुग्न थालेका छन । गाउँ गाउँमा सञ्चालन भएका योजना फर्चौट गर्नका निम्ती गत बर्ष सम्म जिल्ला सदरमुकाम नै पुग्नु पथ्यो तर अहिले स्थानीय तहबाटै सम्पन्न हुन थालेपछी समस्या हटेको छ । गाउँपालिकाको केन्द्र केन्द्रबाटै बिभीन्न सेवाहरु सञ्चालन हुन थाले सँगै स्थानीयहरुलाई राहात मिलेको स्थानियबासीले बताएकाछन् ।
 
समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37