News

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी समुदाय स्तरको अभिमुखिकरण कार्यक्रम सम्पन्न

लालीगुरास नगरपालिका ८ साबिक सोल्माको मेघामा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी समुदाय स्तरको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय गोैरी शंकर आधारभुत बिद्यालयको हलमा आयोजित कार्यक्रममा  यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन , गर्भपतनका कानुनी प्रावधानहरु  , यसका विधि , सामाजिक लाञ्छनाको न्यनिकरण लगायत बिषयमा छलफल गरिएको छ । वडाका २० जना आमा समुह सहभागी कार्यत्रममा समृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम अधिकृत नरमाया श्रेष्ठले सहजिकरण गर्नुभएको छ ।

कार्यक्रम आइपास नेपालको आर्थिक सहयोग जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा समृद्ध तेह्रथुमका लागि अभियानले आयोजना गरेको हो । साथै सोहि वडामा जिल्ला श्वास्थ्य कार्यलयले प्रदान गर्ने सेवा सुविधाका बारेमा सार्वजनिक परिक्षण कार्यक्रम भोली आयोजना हुने भएको छ । आइपास सस्थाले नेपाल सहितका २० बढी देशहरुमा यौन तथा प्रजनन् शिक्षा सहित सुरक्षित गर्भपतन सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ । समृद्ध तेह्रथुमका लागि अभियानले हाल बसन्तपुर, सोल्मा, आम्बुङ र मोराहाङमा सचेतनामुलक कार्यक्रम सन्चालन गरिरहेको छ । 

समाचार
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08
जन्म दिनको दिन विद्यार्थीलाई विद्यालय पोषाक प्रदान
जेठ ६,तेह्रथुम / म्याङलुङ्ग नगरपालिका २ निवासी अर्जुन ढुङ्गानाले आफ्नो जन्म दिनको दिन एक जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्नुभएको छ । आफ्नो ३९ औं
added on 2018-05-21 14:33:34
आफ्नै गाँउठाँउमा आर्ट सेन्टर सञ्चालन गरेर मनग्गै आम्दानी
जेठ ५, तेह्रथुम/ युवाहरु बैदेशिक रोजगारीका लागि बिदेश जानेक्रम नरोकिए पनि केहि युवाहरु भने आफ्नै गाउ, ठाँउमा स्वरोजगार बनेर मनग्गै आम्दनी गरिरहेका छन् । मनग्गै आम्दानी गर्ने युवाहरु मध्ये
added on 2018-05-20 15:51:39