News

खानेपानी अभाबका कारण आधा रातमै पानी भर्न धारा धारामा

छथर गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रका स्थानीयहरु खानेपानी अभाबका कारण आधा रातमै पानी भर्न धारा धारामा पुग्ने गरेका छन । जलबायु परिवर्तन सँगै गाउँ गाउँमा भएका मुहानहरु सुक्दै गए पछि खानेपानी अभाबको समस्याले बर्षेनी जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयहरु पिरोलिन्दै आएका छन । बिषेश गरी सुख्खायाम सुरु सँगै जिल्लाको छथर गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयहरुको समस्या सुरु हुने गरेको छथर गाउँपालिका ३ पञ्चकन्याका वडाअध्यक्ष तुलसीजंग थापाले बताउनुभयो ।

धारामा पानी कम मात्रा आउने गरेकाले पानी भर्न स्थानीयहरुको होड चल्ने गरेको पानी भर्दे गरेकी भिममाया लिम्बुले बताउनुभयो । बिहानभरी पानीको खाजीमा समय बित्छ पानी नआउँदा रित्तै गाग्री फर्किनु पर्छ स्थानीय नर बहादुर लिम्बुले बताउनुभयो । पानीको खोजीमा २ घण्टाको बाटोमा चहार्दै हिड्नु पर्ने यहाँको दैनिकी बनेको छ । बाटो हिड्ने बटुवालाई एक गिलास खानेपानी दिने प्राय कसैको घरमा पानी हुँदेन ।  करिब ८ सय घर रहेको यस क्षेत्रका लागी सञ्चालन भएको खानेपानी आयोजनाहरु जिर्ण बन्दै गए सगै पानीको मुहानहरु सुकेपछी बर्षेनी समस्या थपिन्दै गएको स्थानिय होम पारघारीले बताउनुभयो ।

टोलटोलमा धाराहरु निमार्ण गरीएपनि पानी नआइदिदा यहाका स्थानीयहरू झनै समस्यामा परेका छन । अन्नबाली लगाउने सिजनमा पानी पर्दैन बर्षेनी खाद्यन्न अभाबले यी बस्तीहरु थलिने गरेका छन । खानेपानी समस्या कै कारण यस क्षेत्रमा बर्षेनी बसाई सर्ने क्रम बढ्दो छ । यस क्षेत्रको समस्यालाई प्रमुख प्राथमिकताका साथ खानेपानी समस्या समाधानका लागी दिर्गकालिन योजना निमार्ण गरी तत्कालै समाधानको खोजी भई रहेको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताउनुभयो । 

समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37