News

चेम्जोङद्धारा कम्प्युटर कक्षा सञ्चालनका लागि आर्थिक सहयोग

समाजसेबी तथा गितकार रेडियो मेन्छ्यायेमका सेयर सदस्य ईन्दीरा चेम्जोङले धनकुटा राजारानीमा रहेको पुन्य माध्यमीक बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि आर्थिक सहयोग गर्ने हुनु भएको छ । बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि चेम्जोङले एक लाख रुपैया आर्थिक सहयोग गर्ने हुनु भएको हो ।
 
सहयोग रकम बुद्धजयन्तीको अबसरमा बैसाख १८ गते राजारानी स्थीत पुन्य माध्यमीक बिद्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरि बिद्यालयमालाई रकम प्रदान गर्ने कार्यक्रम रहेको बिद्यालय प्रशासनले जनाएको छ । समाजसेवा गित र सङगीतमा रुची राख्नु हुने चेम्जोङको पहिलो एल्बम अर्को जन्मबाट संकलन भएको रकम पुन्य माबी राजारानीमा कम्प्युटर कक्षा सञ्चालनका लागि दिने यस अघि घोषणा गरि सक्नु भएको थियो ।
 
यसै बिच समाजसेबी तथा रचनाकार रेडियो मेन्छ्यायेमका सेयर सदस्य  चेम्जोङले बुद्धजयन्तीको अबसरमा राजारानीमा राराफुडबल क्लब आयोजनामा हुने फुडबल प्रतियोगितामा नगद १० हजार समेत सहयोग गर्नु भएको छ ।म्याङलुङ बस्ने पुर्ब सांषद तेजमान तुम्बाहाङफेका कान्छी बुहारी समेत रहनुभएका चेम्जोङले धनकुटाको राजारानीमा जन्मनु भई हाल अमेरिकाको न्यूयोर्कमा बस्दै आउनु भएको उहाका पति दुर्गमान तुम्बाहाङफेले बताउनु भयो ।
समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37