News

आठराई गाउँपालिकामा एकै साता दुई स्थानमा डिप बोरीङबाट खानेपानी निकालियाे

  खानेपानीको चरम समस्या रहेकोे आठराई गाउँपालिकामा एकै साता दुई स्थानमा डिप बोरीङबाट खानेपानी निकालिएको छ । खानेपानीको समस्यालाई समाधान गर्न गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै रहेको बगाले शहिद स्मृतपार्क स्थित डुङकुरी डाँडा र झुमेडाँडामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न निकालिएको हो ।
 
बगाले पार्कको डुङकुरी डाँडामा गाउँपालिकाको ४० लाख लागतमा बुकी पोखरी खानेपानी तथा सिँचाई आयोजना मार्पmत सतहको पानी बाहिर निकाल्ने काम भएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनु भयो ।
 
गाउँपालिकाको गाउँ परिषद्बाटै आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा खानेपानीको लागि ४० लाख बजेट विनियोजन गरिएको थियो । खानेपानीका अभाव रहदै आएको यस क्षेत्रमा बोरिङबाट पानी निकालेर समस्याको समाधान गर्न थालिएको हो ।
 
खानेपानीको ट्याङकी र पाईप लाइन विस्तारका लागि अघिल्लो गाउँसभाको निर्णयलाई संसोधन गरेर थप बजेट विनियोजन गरिने गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो । बोरिङको काम सम्पन्न भएपछि पहिलो चरणमा गाउँपालिकाको केन्द्र संक्रान्तिबजार र बुकी गाउँमा खानेपानी पुर्याउने तयारी भएको छ ।
 
निगाले रमिते सामुदायिक वन ह्वाकू र बगाले शहिद स्मृति पार्कको क्षेत्रमा बोरिङ गर्न सुरु भएको करिब १२ घण्टामा १ सय मिटर गहिराइमा पानी भेटिएको प्राविधिकहरुले बताएका छन् । गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट पनि पानी निकालिएको स्थानिय अमृत बास्तोलाले जानकारी दिनुभयो । 
 
 
समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37