News

थाङदेम/थाम्देन थरिहरुले आगामी ०७५ साल भरीमा वंशावली प्रकाशन गर्ने

 लिम्बु समुदायको थाङदेम/थाम्देन थरिहरुले आगामी ०७५ साल भरीमा वंशावली प्रकाशन गर्ने तयारी थालेका छन् । थाङदेम/थाम्देनहरुको लालिगुरास नगरपालिकाको लसुने बजारमा चैत १७ गते सम्पन्न ऐतिहाँसिक प्रथम भेलाले उक्त निर्णय गरेको हो । भेलाले वंशावली खोज तथा अनुसन्धानका लागी समिती समेत गठन गरेको छ । भेलाले साम थाम्देनको अध्यक्षतामा ९ सदसिय थाङदेम/थाम्देन खोज तथा अनुसन्धान समिती गठन गरेको छ ।

समितीको उपाध्यक्षमा ख्याल बहादर थाम्देन, गजेन्द्र थाम्देन, सचिव दिपक थाम्देन, सह सचिव शुक्रराजहाङ थाम्देन र कोषाध्यक्षमा यम बहादुर थाम्देन रहनुभएको छ । त्यस्तै सदस्यमा समिर थाम्देन, माया थाम्देन, आयुहाङ थाम्देन र दिलकुमार थाम्देन चयन हुनुभएको छ । गठित नयाँ कार्य समितीले आफ्नो थात्थलो, वंस, माङगेन्ना यक, तयारगरि वंशावली प्रकाशनका लागी तिव्र रुपमा अगाडी बढ्ने समितीका सचिव दिपक थाम्देनले जानकारी दिनुभयो ।

भेला थाङदेम÷थाम्देन खोज तथा अनुसन्धान समितीका केन्द्रिय अध्यक्ष तिल बहादुर थाङदेनको प्रमुख आथित्यमा सम्पन्न भएको हो । थाङदेम/थाम्देन थरीका लिम्बुहरु पुर्वका तेह्रथुम, पाँचथर, ताप्लेजुङ, ईमाम, झापा, मोरङ, सुनसरी, धनकुटा तथा भारतको सिक्किम, दार्जिलिङ,  आसाम, हङकङ युके लगायका क्षेत्रमा बसोबास गर्दै आएका छन् । 

 

समाचार
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08
जन्म दिनको दिन विद्यार्थीलाई विद्यालय पोषाक प्रदान
जेठ ६,तेह्रथुम / म्याङलुङ्ग नगरपालिका २ निवासी अर्जुन ढुङ्गानाले आफ्नो जन्म दिनको दिन एक जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्नुभएको छ । आफ्नो ३९ औं
added on 2018-05-21 14:33:34
आफ्नै गाँउठाँउमा आर्ट सेन्टर सञ्चालन गरेर मनग्गै आम्दानी
जेठ ५, तेह्रथुम/ युवाहरु बैदेशिक रोजगारीका लागि बिदेश जानेक्रम नरोकिए पनि केहि युवाहरु भने आफ्नै गाउ, ठाँउमा स्वरोजगार बनेर मनग्गै आम्दनी गरिरहेका छन् । मनग्गै आम्दानी गर्ने युवाहरु मध्ये
added on 2018-05-20 15:51:39