News

गुँरासको राजधानीमा आन्तरिक तथा बाह्य पर्यटक आउन थाले

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा पर्यटकहरु आउन थालेका छन् । गुराँसको राजधानीको रुपमा परिचित यो क्षेत्रमा गुराँस फुल्न थालेसंगै आन्तरिक तथा बाह्य पर्यटकहरु  आउन थालेका हुन् । गुराँसको राजधानीको रुपमा परिचित तिन जिल्लाको संगम स्थल टिएमजे क्षेत्रमा यसै हप्ता एकैपटक ५० बढी देशका पर्यटकहरु प्राकृतिक सुन्दरतासंग रमाउन आईपुगेका छन् । नेपालकै विभिन्न शहरबाट घुम्नका लागि आएका पर्यटकहरु मात्र हैन  भारत सहित एसियाकै विभिन्न मुलुकहरुबाट पहिलो पटक यति धरै पर्यटकहरु घुम्न आएका हुन् ।

गुराँस फुल्न सुरु भए संगै टिएमजे क्षेत्रमा अष्ट्रेलिया, अमेरिका र युरोप लगायतका ५० बढी देशबाट पाँच सय बढी पर्यटकहरु एकै साथ घुम्न आएपछि यहाँ चहल पहल सुरु भएको छ । पर्यटकहरु लालीगुराँस नगरपालिको बसन्तपुर हुदै यो क्षेत्रमा जाने गरेका छन् । घुम्न आउने पर्यटकहरु तिनजुरे क्षेत्रका बिभिन्न खाली ठाउमा टेन्ट टाँगेर बस्ने गरेको स्थाानीयबासीले बताएका छन् । यसैबिच स्थानीयले पर्यटकहरुलाई स्वागत गर्नका लागि संगीत र कलाको पर्व ‘शक्ति पिक फेस्टिभल’को आयोजना गरेका छन् । यो फेस्टीबलमा ५० बढी देशका कला र संगीतका पारखीहरु सहभागी हुन भएका छन् ।

फेस्टिभलका लागि आएका बाह्य पर्यटकहरु मंगलबारे र गुफाबजारको मध्यभागमा रहेको खुल्लाचौरमा टेण्ट टाँगेर बसेका छन् । उनीहरु होटल भन्दा पनि टेण्ट टागेर खुल्ला चौरमा बस्न रुचाउने गर्दछन् । पर्यटकहरु टेण्ट टागेर बस्दा गुराँसको बन भित्र मनोरम दृश्य देखिएको स्थानीय छिरिङ सेर्पाले बताउनु भयो । उहाँका अनुसार गराँसको बन भित्र रहेको खाली चौरमा बिभिन्न रंगको टेण्टहरु टाँगिदा यो खाली चौरको थप सुन्दरता थपिएको छ । यो क्षेत्रमा संगीत र कलाको पर्व ‘शक्ति पिक फेस्टिभल’ मनाउन आएकाहरुका लागि खाने, बस्ने र संगीतमा रमाउने व्यवस्था गरिएको व्यवस्थापक सुरज केसीले बताउनु भयो ।

उच्च लेकाली क्षेत्रको हावापानीमा रमाउँदै यहाँको मनोरम प्राकृतिक दृश्यावलोकन र विभिन्न प्रजातिका गुराँसको अवलोकन गर्दै संगीतमा झुम्ने उदेश्यले फेस्टिवल आयोजना गरिएको थियो हो । 

समाचार
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08
जन्म दिनको दिन विद्यार्थीलाई विद्यालय पोषाक प्रदान
जेठ ६,तेह्रथुम / म्याङलुङ्ग नगरपालिका २ निवासी अर्जुन ढुङ्गानाले आफ्नो जन्म दिनको दिन एक जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्नुभएको छ । आफ्नो ३९ औं
added on 2018-05-21 14:33:34
आफ्नै गाँउठाँउमा आर्ट सेन्टर सञ्चालन गरेर मनग्गै आम्दानी
जेठ ५, तेह्रथुम/ युवाहरु बैदेशिक रोजगारीका लागि बिदेश जानेक्रम नरोकिए पनि केहि युवाहरु भने आफ्नै गाउ, ठाँउमा स्वरोजगार बनेर मनग्गै आम्दनी गरिरहेका छन् । मनग्गै आम्दानी गर्ने युवाहरु मध्ये
added on 2018-05-20 15:51:39