News

रेडियो मेन्छ्यायेमको दिगोपनाका लागि सुरु गरिएको अक्षयकोषमा सहयोग गर्नेहरुको सख्या बढ्दै

 रेडियो मेन्छ्यायेमको दिगोपनाका लागि  सुरु गरिएको अक्षयकोषमा सहयोग गर्नेहरुको सख्या बढ्दै गएको छ । अहिले सम्म अक्षयकोषमा करिब १ लाख १० हजार जम्मा भएको छ । अक्षयकोषका लागि मेन्छ्यायेम गाँउपालिका बस्ने मकर खापुङले आफ्ना बुवाआमाको नाममा १५ हजार, होम कुमारी खापुङले ५ हजार र रमादेबी खापुङले ५ हजार, लाल बहादुर मादेन र रेखा तुम्बाहाङफले सासुससुराको नाममा ५ हजार सहयोग गर्नु भएको छ ।

रेडियोले कम्तीमा १० लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ सुरु गरेको अभियानमा जिल्ला भित्र र जिल्ला बाहिरका सुभचिन्तकहरुले आआफ्नो आफन्तको सम्झनामा आर्थिक सहयोग गरिरहेको रेडियोका स्टेसन मेनेजर भगिश्वर लिम्बुले बताउनुभयो । उँहाका अनुसार अक्षयकोषबाट आएको ब्याजले रेडियोको उपकरण मर्मत गरिने छ । अक्षयकोषमा रकम सहयोग गर्नेको नाम रेडियोमा सिलालेख र रेडियो मार्फत प्रशारण गरिने स्टेसन मेनेजर भगिश्वर लिम्बुले जानकारी दिनु भएको छ ।

समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37