News

फेदाप गाउपालिकामा फुटबल खेलाडीहरुलाई रेफ्रि प्रशिक्षण गराईयो

 जिल्लामै पहिलो पटक फेदाप गाउपालिका ३ जलजलेमा मोसफलका फुटबल खेलाडीहरुलाई रेफ्रि प्रशिक्षण गराइएको छ । प्रत्येक उत्सबमा गाँउघरमा सञ्चालन हुने फुटबल प्रतियोगीतामा खेलाडीहरु पाईएपनि रेफ्रि नपाईने भएकोले अब गाउघरमै दक्षजनशक्ति उत्पादनका लागि रेफ्रि तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । गाउका तिन दर्जन बढी खेलाडीहरुलाई ३ दिने तालिमको आयोजना गरि  तोक्माखेल मैदानमा फिफा रेफ्रि श्रवण लामाले प्रशिक्षण दिएका छन् । तालिमका सहभागीहरु खेलाडीहरुलाई फुटबल खेलका १७ वटा नियमहरु बारेमा जानकारी गराईएको प्रशिक्षक लामाले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार तालिमका सहभागीहरुलाई फुडबल खेलमा रेफ्रिले गर्नु पर्ने भुमिका, रेफ्रिको निर्णय लगायतका १७ वटा नियमहरुको बारेमा जानकारी गराईएको छ । गाउ घरमा आयोजना गरिने फुटबल प्रतियोगिताका लागि चाहिने रेफ्रि स्थानीय स्तरमा समेत उपलब्ध होेस भन्ने उदेश्यले आफ्नै निजि लगानीमा रेफ्रि तालिमको आयोजना गरेको  ब्याब्सन केन्द्रिय अध्यक्ष बिजय सम्बाहाङफेले जानकारी दिनुभयो । उहाले भन्नु भयो गाउमा बिभिन्न समयमा सञ्चालन हुने फुटबल खेलमा रेफ्रिको अभाब हुने गरेको छ त्यसैले भए पछि आफ्नै जन्म गाउमा तालिम सञ्चालन गरेको हो ।
 
जिल्लाका बिभिन्न वडाहरु प्रत्येक उत्सबमा आयोजना हुने फुटबल प्रतियोगीतामा स्थानीय स्तरमा रेफ्रि बोलाउनु पर्दा महंगो खर्च तिर्नु पर्दा ब्याबस्थापन खर्च बढ्ने गरेको आयोजकहरुले गुनासो गरेका छन् । जिल्लामा बिभिन्न समयमा खेलकुदको आयोजना हुदा ४० बढी टिमले सहभागीता जनाउने गरेका छन् । खेलकुदमा युवा पुस्ताको सहभागीता बढेसगै खेलको ज्ञान र सीप समेत  आबस्यक  हुने गरेकोले  रेफ्रि तालिम लाभदायक भएको तालिममा सहभागी युवाहरुले बताएका छन् ।  
समाचार
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08
जन्म दिनको दिन विद्यार्थीलाई विद्यालय पोषाक प्रदान
जेठ ६,तेह्रथुम / म्याङलुङ्ग नगरपालिका २ निवासी अर्जुन ढुङ्गानाले आफ्नो जन्म दिनको दिन एक जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्नुभएको छ । आफ्नो ३९ औं
added on 2018-05-21 14:33:34
आफ्नै गाँउठाँउमा आर्ट सेन्टर सञ्चालन गरेर मनग्गै आम्दानी
जेठ ५, तेह्रथुम/ युवाहरु बैदेशिक रोजगारीका लागि बिदेश जानेक्रम नरोकिए पनि केहि युवाहरु भने आफ्नै गाउ, ठाँउमा स्वरोजगार बनेर मनग्गै आम्दनी गरिरहेका छन् । मनग्गै आम्दानी गर्ने युवाहरु मध्ये
added on 2018-05-20 15:51:39