हाम्रो बारेमा

मेन्छ्यायेम संचार सहकारी संस्था लि. तेह्रथुमद्धारा संचालित सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेममा हाल ६५५ सदस्य रहेका छन् । २०६४ माघ ११ गते देखि औपचारिक प्रशारण शुरु गरेको रेडियो मेन्छ्यायेम हाल १७ घण्टा दैनिक प्रशारण हुदै आएको छ । संस्थामा हाल ११ कर्मचारी १५ स्वंसेवक र ९ प्रशिक्षार्थी स्वयंसेवक कार्यरत छन् । स्थापना कालमा १०० वाट क्षमताको रेडियो हाल ५०० वाट क्षमताको रहेको छ । जिल्लामा हुने गतिविधिलाई छिटो छरितो तरिकाले समाचारमा समेट्न करिव सवै गाविसमा संवाददाता राख्ने नीति रेडियोले लिएको छ । यसै गरि छिमेकी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, धनकुट्टा र संखुवासभामा समेत संवाददाता रखिएको छ । विशेष गरेर तेह्रथुमम जन्मघर भई अन्तै कर्मघर भएका तेह्रथुमेहरुले माटोको माया स्वरुप पहलमा स्थापना भएको रेडियोले जिल्लाका सवै जाती भाषा संस्कृतीलाई समेट्दै स्थानीयवासीलाई आवश्यक पर्ने हरेक सुचनाहरु प्रदान गरेर सौहार्दपु्र्ण समाज निर्माण गर्नु आफ्नो भिजन वनाएको छ । सुचनाको माध्यमवाट समुदायमा शैक्षिक चेतना ल्याउने विषयमा सामुदायीक रेडियोहरुले महत्वपुर्ण भुमिका खेल्ने कुरालाई मध्यनजर गर्दै शिक्षामुलक कार्यक्रम उत्पादन प्रशारण यस रेडियोले गर्दै आएको छ । शिक्षित समुदाय निर्माणका लागी रेडियोले सहकार्यको नीतिलाई प्राथमिकतामा राखेको छ । हाल रेडियोले विकाशसँग सम्वन्धित गतिविधिको कार्यक्रम गर्न गाविस र जिविससँग सहकार्य गरेको छ । यसै गरि अधिकारमखी र सुसासनमुखी कार्यक्रम संचालन गर्न जिल्लाका गैर सरकारी संघ संस्थासँग सहकार्य गर्दै आएको छ ।

दीर्घकालीन सोच (VISION)
सबै नागरिकहरुको सम्मान र सहअस्तित्व स्थापित भएको सौहार्दपुर्ण समाज

लक्ष  (MISSION)
सूचना र सञ्चारको माध्यमबाट समुदायका सदस्यहरुलाई सुसुचित गर्दै हकअधिकारको प्राप्ति र श्रोतसेवासुविधा तथा अवसरमा पहुँच र नियन्त्रण वृद्धी गरी उनीहरुको जीवनस्तरमा सकारात्मक सुधार ल्याउन मद्धत गर्ने रेडियोको लक्ष रहेको छ ।

उद्देश्य (OBJECTIVE)

यस रेडियोको उद्देश्यहरु निम्नानुसार रहनेछन् ।  
क) शिक्षा, स्वास्थ्य, बालअधिकार, महिला अधिकार, आदिवासी जनजाति अधिकार स्थापित गर्न सहयोग गर्दै, लैङ्गकि असमानता, छुवाछुत प्रथाको अन्त्य, घरेलु हिँसा, दाईजो प्रथा, अन्धविश्वास एवं तमाम सामाजिक विकृति विरुद्ध जनचेतना अभिवृदी गर्ने ।
ख)  रेडियो क्षेत्र भित्रका मौलिक संस्कृति, भाषा, साहित्य कला र गीत संगीतको संरक्षण र सर्ंवर्धन गर्ने ।
ग)  जनता र सरकार एवं गाउँ र शहरबीच भरपर्दाे सर्म्पर्क माध्यमको रुपमा कार्य गर्ने ।
घ)  बातावरण संरक्षण सर्ंवर्धन गदै जैविक विविधताको संरक्षणमा योगदान पुरयाउनेे ।
ङ) रेडियो क्षेत्रभित्रका परम्परागत ज्ञान, सीप र दक्षताको पहिचान गरी त्यसको सञ्चालन र सर्म्बर्धनमा सहयोग पुरयाउने ।
च) स्थानीय जनतालाई सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त हुने सेवा, सुविधा, अवसरहरुको जानकारी दिने र स्थानीय बस्तु, सीप र बजारलाई प्रोत्साहित गर्ने ।
छ) स्वस्थ्य राजनीतिक विकास र जनउत्तरदायी विधिको शासनका लागि जनमत तयार गर्ने ।

समाचार
चाहाना र लक्ष्यमा अगाडी बढ्न सके सफल जीवन जीउन सकिने
भदौ २८,तेह्रुथुम/ युबाहरुको मानसिकतामा भरीएको बाहानालाई हटाउँदै चाहाना र लक्ष्यमा अगाडी बढ्न सके मात्र सफल जीवन जीउन सकिने छथरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन । युबा जागरण समाज
added on 2018-09-14 07:52:33
जिल्ला अस्पतालमा प्रसुती हुन आउने महिलालाई यातायात खर्च दिने
भदौ २८,तेह्रुथुम / म्याङलुङ नगरपालिकाले अब जिल्ला अस्पतालमा प्रसुती हुन आउने महिलालाई यातायात खर्च दिने भएको छ । नगरपालिका भित्रका महिला प्रसुती हुन जिल्ला अस्पताल आउदा र घर जादा लाग्ने
added on 2018-09-14 07:52:51
अष्टमी गोल्डकपको उपाधी कुम्मायक स्पोटिङ क्वल पाँचथरले उचाल्यो
भदौ १८,तेह्रथुम /तेह्रथुमको म्याङलुङमा सम्पन्न अष्टमी गोल्डकपको उपाधी कुम्मायक स्पोटिङ क्वल पाँचथरले उचालेको छ । देवीरङ्गसालामा सोमबार सम्पन्न फाईनल खेलमा डाडाबजार बजार धनकुटालाई एकको बिरुद्ध दुई गोल गर्दै पाँचथरले उपाधीमा
added on 2018-09-04 07:36:05